पोखरा महानगरपालिका ७ बस्ने प्रकाश चौधारी गम्भीर घाइते अबस्थामा भेटिएका छन ।
प्रकाश फनिचरका संचालक चौधारीलाई बिहान साथीले उठाउन जाँदा कोठामा गम्भीर घाइते अबस्थामा भेटिएको स्थानीय दिपेश बरालले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेको चौधारीको मेट्रोसिटी हस्पिटल सिर्जनाचोकमा उपचार भैरहेको छ ।
उनलाई टाउकोमा प्रहार गरिएको दाउरा र अन्य सामान प्रहरीले लिएको छ । घटना कतिबेला भएको हो र कस्ले गरेको एकिन भएको छैन । भारत उत्तर प्रदेश, गोपालपुर घर भएका चौधारी बिगत १२ वर्ष अघि देखि उनी पोखरा मासबार बस्दै आएका थिए ।


























प्रतिक्रिया लेख्नुहोस्:-