पोखरा । विवेकशील साझा पार्टीका वडा अध्यक्ष सहित विभिन्न पार्टीका २५ जना कार्यकर्ता राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गरेका छन् ।
विवेकशील साझापार्टी पोखरा २१ का अध्यक्ष छबिलाल सुनारलाई राष्ट्रियनागरिक पार्टीका सहमहामन्त्री सागर कार्की, केन्द्रिय सदस्यहरु कृष्ण रानाभाट र लक्ष्मण सुनारले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रमकाप्रमुखअतिथिपार्टीका केन्द्रिय सहमहामन्त्री सागर कार्कीले काँग्रेस, कम्युनिष्टले देशलाई वर्वादीतर्फ लगेको, जनता सिटामल नपाएर मर्नु परेको अवस्थामा कुनै सुधार नआएको कारण देशमा नयाँ पार्टीको आवश्यकता रहेको वताएका थिए ।
विषेश अतिथि केन्द्रिय सदस्यतथा प्रेस सल्लाहकार कृष्ण रानाभाटले वैकल्पिक राजनितिक शक्तिको रुपमाआएको राष्ट्रियनागरिक पार्टीले शिक्षा र स्वास्थ्य निशुल्क तथा एक घर एक रोजगारको नितिलिएको वताए ।
नागरिक पार्टीमा प्रवेश गरेका सुनारले जुनपार्टीमा पनिनेताहरु आफ्नो स्वार्थ पुरा गरेपछिगाउँ र जनताको वास्ता नगर्ने गरेकाले नयाँ पार्टीमा प्रवेश गरेर जनताको सेवा गर्ने वताए ।
कार्यक्रम केन्द्रिय सदस्यहरु कृष्ण रानाभाट र लक्ष्मण सुनार, एकहाते रामदी टोल बिकास संस्थाका पुर्व अध्यक्ष हिमलाल पौडेल, मिर्मिरे बचत तथाऋण सहकारीकी अध्यक्ष अनिता परियार, कृष्ण थापामगरले बोलेका थिए ।


























प्रतिक्रिया लेख्नुहोस्:-