आर्मीलाई पेनाल्टीमा हराउँदै मनाङ फाइनलमा
घरेलु टोलि मनाङ मर्स्याङ्दी क्लब २० औ आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
मनाङले आर्मीलाई पेनाल्टीमा ४-३ ले हराउँदै फाइनल प्रवेश गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरिमा रोकिएपछी अतिरिक्त ३० मिनेट थप गरिएको थियो । थप गरिएको समयमा समेत दुबै टोलिले गोल गर्न नसक्दा खेल पेनाल्टीमा प्रवेश गरेको हो ।
पेनाल्टीमा भरत खवास, प्रीन्स कार्की , विवेक बस्नेत
दिपक गुरुङको प्रहार बारमा लाग्दै बाहिरियो । युद्ध शाहिको प्रहार गोलरक्ष अशोक बरालले बचाउ गरे । अशोक खेलको म्यान अफ दि म्याच घोषित भए ।
मनाङका एन्डेलेजा सोमिडे, शिव गुरुङ, रुपेश केसि र ओलावालाले गोल गर्दै फाइनल प्रवेश गरे ।
विश्व अधिकारिको प्रहार भने विकेश कुथुले बचाउ गरे ।
खेलको पहिलो मिनेटमा आर्मीका क्प्तान भरत खवासको हेडर फितलो रह्यो । विवेक बस्नेतको क्रसमा मनाङ मर्स्याङदीका डिफेन्डर अदित्य चौधरीले हेडमार्फत क्लियर गर्न खोज्दा चिप्लिदा खवासले अवसर पाएका थिए ।
खेलको ८ औ मिनेटमा कप्तान विमल राना पेनाल्टीमा चुक्दा सुवर्ण अवसर खेर गयो । मनाङका अडेलजा सोमिडेले डिएरिया नजिकैबाट गरेको क्रसपासमा आर्मीका डिफेन्डर युद्ध शाहिले डिएरियाभित्र बल नियन्त्रणमा लिने प्रयास गर्दा हातमा लागेको थियो ।
३५ औ मिनेटमा कप्तान भरतको हेडर बाहिरियो । बिवेक बस्नेतको प्रहारलाई डिफेन्डरले रोक्दा प्रीन्स कार्कीको प्रहार गोललाइनबाट रोक्दा रिफ्लेक्ट बलमा भरतले प्रहार गरेका थिए । ३९ औ मिनेटमा रजेश परियारको क्रसमा सोमोडेको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ४४ औ मिनेटमा बिमल पाण्डेको पेनाल्टी क्षेत्रको प्रहार गोलरक्षक अशोक बरालले उत्कृष्ट बचाउ गरे ।
५२ औ मिनेटमा ओलावालेको प्रहारमा आर्मिका गोलरक्षक विकेश कुथु बाधक बने ।
खेलको ५६ औ मिनेटमा आर्मिको गोलको सुवर्ण अवसरमा डिफेन्डर बाधक बने । प्रीन्स कार्कीको फ्रीकिक प्रहारमा राजिव गुरुङको हेडरलाई डिफिन्डरले गोललाइनबाट क्लियर गरे । ६१ औ मिनेटमा ओलावालाले सेन्टरलाइनबाट अघि बढाएको बलमा आर्मीको गोलरक्षक निकै अघि बढ्दा बिट भइसकेको अवस्थामा प्रहार गर्न ढिला गरे । उनले दिएको पासमा अडेलजा सोमिडेले प्रहार गरेपनि विकेशले उत्कृष्ट बचाउ गरे ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-