२० औ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ पेनाल्टीमा चुक्दा आर्मीसंग पहिलो हाफ बराबरीमा रोकिएको छ ।
पोखरा रंगशाला फुटबल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलको पहिलो हाफ गोलरहित बराबरिमा रोकिएको हो । खेलको पहिलो मिनेटमा आर्मीका क्प्तान भरत खवासको हेडर फितलो रह्यो । विवेक बस्नेतको क्रसमा मनाङ मर्स्याङदीका डिफेन्डर अदित्य चौधरीले हेडमार्फत क्लियर गर्न खोज्दा चिप्लिदा खवासले अवसर पाएका थिए ।
खेलको ८ औ मिनेटमा कप्तान विमल राना पेनाल्टीमा चुक्दा सुवर्ण अवसर खेर गयो । मनाङका अडेलजा सोमिडेले डिएरिया नजिकैबाट गरेको क्रसपासमा आर्मीका डिफेन्डर युद्ध शाहिले डिएरियाभित्र बल नियन्त्रणमा लिने प्रयास गर्दा हातमा लागेको थियो ।
३५ औ मिनेटमा कप्तान भरतको हेडर बाहिरियो । बिवेक बस्नेतको प्रहारलाई डिफेन्डरले रोक्दा प्रीन्स कार्कीको प्रहार गोललाइनबाट रोक्दा रिफ्लेक्ट बलमा भरतले प्रहार गरेका थिए । ३९ औ मिनेटमा रजेश परियारको क्रसमा सोमोडेको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ४४ औ मिनेटमा बिमल पाण्डेको पेनाल्टी क्षेत्रको प्रहार गोलरक्षक अशोक बरालले उत्कृष्ट बचाउ गरे ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-