आहा १ राराको ५ पटकको च्याम्पियन थ्रीस्टार क्ल्बलाई १-० गोलले हराउदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक अन्तिम क्वाटरफाइनल खेलको दोस्रो हाफमा गोल गर्दै मनाङसंगको भेट पक्का गरेको हो ।
आर्मीको जितमा परिवर्तित खेलाडी राजिभ गुरुङले गोल गरे ।
खेलको शुरुआत देखी नै निकै दबाबमा राखेको आर्मीले दोस्रो हाफमा गरेको एक गोल नै निर्णायक बन्न पुग्यो ।
खेलको छैटौं मिनेटमा डोना थापाको पासमा घनेफो अन्सुमना क्रोमहले भेट्न खोजेपनी आर्मीका गोलरक्षक विकेश कुथुले अघि बढ्दै क्लियर गरे । खेलको ७ औ मिनेटमा आर्मीका प्रीन्स कार्कीले गोल गर्ने अवसर खेर फाले । उनले वान भर्सेस वानको अवस्थामा प्रहार गरेको बल गोलरक्षक ग्लुमे प्रीसोले बचाउ गरे । लगत्तै ८ औ मिनेटमा अर्को अवसर खेर फाले । डिफेन्स लाइनबाट आएको बललाई उनले नियन्त्रणमा लिदै अघि बढाएपनी रफेल बिडिस रिमले क्लियर गरे ।
१३ औ मिनेटमा दिपक गुरुङको लामो थ्रोइन गोल पोस्ट नजिकै पुग्दा कप्तान भरत खवासले भेट्न सकेनन । २२ औ मिनेटमा डोना थापाको लामो प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।
खेलको ६० औ मिनेटमा प्रीन्स कार्कीको उत्कृष्ट फ्रीकिक प्रहारलाई गोलरक्षक प्रीसोले बचाउ गर्दा रिबाउन्ड भएको बलमा सेशहङ आङदेम्बेको प्रहार बाहिरियो ।
७० औ मिनेटमा राजिभ गुरुङले गोल गर्दै अग्रता दिलाए । प्रीन्स कार्कीको पासमा उनले गोल गरे । सेन्टरलाइन नजिकैबाट मिलाइ दिएको रनिङ पासलाई नियन्त्रणमा लिदै गोलरक्षक डि एरिया बाहिर आइसकेको अवस्थामा फिनिसिङ गरेका थिए । उनी ६१ औ मिनेटमा टंक बस्नेतको स्थानमा मैदान प्रवेश गरेका हुन ।
७७ औ मिनेटमा प्रीन्स कार्कीको प्रहार सेकेन्डबार नजिकैबाट बाहिरियो ।
अब आर्मीले बिहीबार मनाङ मर्स्याङ्दीसंग दोस्रो सेमिफाइनल खेल खेल्नेछ । भोलि एपिएफ र मछिन्द्रबिच पहिलो सेमिफाइनल खेल हुनेछ । म्यान अफ दि म्याच राजिब गुरुङ आर्मी घोषित भए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-