चितवन- नारायणघाट हेटौँडा सडकखण्डको गोन्द्राङमा निर्माणाधीन सडकको नालीमा खसेर दुर्लभ एकसिंगै गैंडा मरेको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले सहायक वार्डेन (संरक्षण अधिकृत) लाई जिम्मा दिएको छ।
निर्माणाधीन सडकको नालामा खसेको गैँडा आइतबार बिहान मरेको थियो।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वार्डेन राजु घिमिरेलाई यसको अनुसन्धानका लागि जिम्मा दिएको हो। अनुसन्धान गरेर मुद्दा चल्नेरनचल्ने विषयमा निर्णय हुने जानकारी आचार्यले दिए।
प्रतिक्रिया लेख्नुहोस्:-