२०८३ कार्तिक २३, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकीका नाकामा होल्डिङ सेन्टर बनाइने

प्रदेशको सबै शक्ति कोरोना नियन्त्रणमा जुटेको छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रेस
माघ ५, २०७८ २१:३९ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार
गण्डकीका नाकामा होल्डिङ सेन्टर बनाइने
13
SHARES
Share on FacebookShare on Twitter


पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि जनशक्ति, अक्सिजन प्लान्टदेखि अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।
कोभिडको तेस्रो लहर नियन्त्रणका लागि नेपाल सरकारले पुस ३० गते जारी गरेको आदेश कार्यान्यनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री पोखरेलले भने, ‘महामारी नियन्त्रणमा हामीले सक्दो प्रयास गरेका छौं, कहिँकतै जनशक्ति अभाव नहोस् भनेर त्यही अनुसार व्यवस्थापन गरेका छौं ।’
नवलपुर लगायत जिल्लामा ल्याबको जनशक्ति नहुँदा पिसिआर परीक्षण रोकिएको खबर पाए लगत्तै २ कर्मचारी पठाएको र बिहीबारबाटै उनीहरुले काम थाल्ने मुख्यमन्त्रीको भनाइ थियो । तेस्रो लहरको नियन्त्रणकै लागि प्रदेश सरकारले ३ सय ५० जना स्वास्यकर्मी करारमा लिएर सम्बन्धित अस्पतालहरुमा पठाइएको उनले बताए ।
महामारीका बेला अक्सिजन प्लान्ट दुरुस्त राख्न, आइसोलेसन बेड र अपस्पतालहरु तयारी हालतमा राख्न पनि उनले निर्देशन दिए । प्रदेश प्रवेश गर्ने ठाउँ राम्दी र आँबुखैरेनीमा हेल्प डेस्क सुरु भइसकेको र अब छिटै नै होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने पनि मुख्यमन्त्री पोखरेलेको भनाइ थियो । भारतबाट प्रदेश प्रवेश गर्ने त्रिवेणी नाकामा समेत कर्मचारी खटाएर हेल्प डेस्क सुरु भइसकेको छ । बाहिरी मुलुक खासरी भारतबाट गाडीमा यस प्रदेशमा आउनेको संख्या उल्लेख्य रहेकाले उनीहरुको स्वास्थ्य परीक्षण र खोप कार्ड निरीक्षणलाई सरकारले कडाइ गरेको छ ।
मुख्ममन्त्री पोखरेलले मंगलबार धवलागिरी अस्पताल निरीक्षण गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
पोखराका केही अस्पतालहरुले कोभिडका बिरामीको उपचारका नाममा अहिले पनि ठूलो रकम असुल गरिरहेको अनौपचारिक तबरबाट खबर आएको भन्दै महामारीका नाममा कोही कसैले नाफा केन्द्रित कार्य नगर्न अनुरोध समेत गरे । यसका लागि जिल्ला प्रशासन कार्यालयमाफत् अनुगमन गरिने मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।
कार्यक्रममा प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले तेस्रो लहरको अवस्था र खोप वितरणको विवरणबारे प्रस्तुती राखेका थिए । सामाजिक, पारिवारिक अनि राजनीतिक गतिविधिका कारण महामारी फैल्याउन ठूलो भूमिका खेलेको भन्दै यसमा रोक लगाउन जरुरी रहेको उनीहरुको भनाइ थियो ।
मनाङमा अहिले शून्य संक्रमित रहेको र यस अवस्थालाई कायम राख्न सक्दो प्रयास भइरहेको मनाङका प्रजिअ रवीन्द्र आचार्यले बताए । मनाङमा एक्सरे मेसिन बिग्रिए पनि जडान हुन नसकेकोबारे उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
यसैगरी लमजुङमा अक्सिजन प्लान्ट मर्मत् गर्नुपर्ने, २ वटा सामुदायिक अस्पतालहरुमा औषधी र अन्य सामग्री प्रदेश सरकारले उपलब्ध गराउनुपर्ने त्यहाँका प्रजिअले जानकारी गराएका छन् । स्याङ्जामा थप अक्सिजन प्लान्ट स्थापनाका लागि बिजुलीको लाइन अभाव रहेको, नाकामा होल्डिङ सेन्टर बनाएको खण्डमा बिरामीलाई घरसम्म पुर्‍याउनका लागि सवारी साधनको व्यवस्था गर्नुपर्ने त्यहाँका प्रजिअ राजुप्रसाद पौडेलले बताए ।
गोर्खाका मठमन्दिरमा नित्यपूजा वाहेक सर्वसाधारणका लागि रोक लगाइएको, डेडिकेटेड बेड, एम्बुलेन्स लगायतको प्रवन्ध मिलाइएको प्रजिअ शंकरहरि आचार्यले बताए । पर्वतमा निशेधाज्ञा जारी गरिएको, मुस्ताङ प्रवेशमा कडाइ गरिएको त्यहाँका प्रजिअहरुले जानकारी गराएका छन् ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले प्रदेश सरकारले जनशक्ति व्यवस्थापनदेखि, होल्डिङ सेन्टर निर्माण, औषधी र उपचारको प्रबन्ध गरिहेको बताइन् । यो महामारी व्यवस्थापनका लागि ३ तहकै सरकार एकाकार भएर लाग्नुपर्ने भन्दै समन्वयका लागि प्रदेश सरकारले काम गरिरहेको उनको भनाइ थियो ।
प्रदेशका प्रमुख सचिव रवीलाल पन्थले प्रदेशमा थप जनशक्ति परिचालन गरी पिसिआर परीक्षणलाई तीब्र बनाइएको बताए । अब सर्वसाधारण सबैले स्वास्थ्य मापदण्ड अपनाएर दैनिक क्रियाकलाप गर्न उनले सर्वसाधारणसँग आग्रह गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले अहिले बिरामीहरु होम आइसोलेसनमा बस्ने क्रम बढेको र उनीहरुलाई टेलिफोनमार्फत् सेवा प्रदान गर्दै आएको जानकारी गराए ।
स्वास्थ्य निर्देशनालयका निर्देशक खीमबहादुर खड्काले प्रदेशमा कोभिडको अवस्था र रोकथामका लागि सरकारका तर्फबाट गरिएको काम र तयारीका बारेमा जानकारी गराएका थिए । बैठकमा गण्डकीका पालिकाहरुका प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुखसहित सहभागी थिए ।

सम्बन्धित समाचार

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने
अर्थ

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ
अपराध

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ
अपराध

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ
अपराध

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान
अपराध

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु
पर्यटन

बेगनास तालमा फिस फेस्टिभल सुरु

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

चर्चित खबरहरु

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु