काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । २२ हजार ८२८ जनामा परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, सोही अवधिमा ५६२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३ हजार ९८३ जना पुगेको छ।
संक्रमितमध्ये हालसम्म ८ लाख १७ हजार ५८७ जना निको हुँदा कुल ११ हजार ६२४ जनाको मृत्यु भएको छ। हाल देशभर ३९ हजार ४४ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-