काठमाडौं, ४ माघ । पर्वत, मोदी गाउँपालिका ५ अम्बोटस्थित सडकमा ग २ ख १०१३ नम्बरको बसले ग ६ प ५५७३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पर्वत माहाशिला गाउँपालिका २ भोक्सीङ बस्ने ३८ वर्षीय प्रितम गुरुङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, मनहरी गाउँपालिका ७ बिजौनास्थित सडकमा ना २२ प ६०६८ नम्बरको मोटरसाइकल सोमाबर दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मनहरी गाउँपालिका ६ बस्ने २५ वर्षीय मिलन मगर भन्ने नबिन कुमार पुर्वाखनेको मृत्यु भएको छ । को २ च २७८० नम्बरको गाडीलाई उक्त मोटरसाइकलले ओभर ट्याक गर्ने क्रममा सोही गाडीमा ठोक्किएर अनियन्त्रित भई ना ६ ख ४९६० नम्बरको ट्रकमा समेत ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका पुर्वाखनेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय मनिक थिङको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पश्चिम, सरावल गाउँपालिका १ हरकट्टापुलस्थित सडकमा लु १ ख ७१७९ नम्बरको माईक्रोबसले लु ५४ प १२२ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बर्दघाट नगरपालिका ९ भुताहा बस्ने ४२ वर्षीय उमाशंकर गिरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । माईक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुर, कटारी नगरपालिका ८ बिजुलेस्थित सडकमा बा १० च ४१८८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा गाडीमा सवार कटारी नगरपालिका ८ पाखाटोल बस्ने ३८ वर्षीय बिक्रम राना मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-