पोखरा २ माघ । पोखरा क्षेत्रीय अस्पतालको पछाडी फोहोर फाल्नेलाई १२ हजार जरिवाना गरिएको छ । पोखरा महानगरपालिका ११ वडा कार्यालय र स्थानीय तुलसी मार्गका अंशु शेर्पाको अनुवाइमा सन्तोष कुमार बिकलाई कावाही गरिएको हो ।
आइतबार साझ ८ बजे ग २१ प ५८३८ स्कुटरमा निर्मल पोखरीमा सन्तोष कुमार बिकले अस्पताल पछी १ बोरा खाली बतल फल्दै गर्दा स्थानीयले देखेका थिए । स्थानिय र वडा कार्यालयको समन्वयमा विकलाई कावार्ही गरिएको अंशु शेर्पाले जानकारी दिए । यस भन्दा अघि पनि उक्त स्थानमा फोहर फाल्नेलाई वडा कार्यालय स्थानिय मिलेर जरिवाना गर्दै आएका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-