तनहुँ, २ माघ । व्यास नगरपालिका १ भादगाउँ बस्ने पदम आलेको घरमा तास खेलिरहेको अवस्थामा भानु नगरपालिका ७ बस्ने ४० वर्षीय बुद्धि बहादुर थापा लगायत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार ५ सय १५ रुपैयाँ र २ सय १२ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-