२०८३ कार्तिक २३, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पुरुषतर्फ आर्मी र महिलातर्फ एपीएफलाई टाइगर कप भलिबलको उपाधि

गण्डकी प्रेस
माघ १, २०७८ १८:४६ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाज
पुरुषतर्फ आर्मी र महिलातर्फ एपीएफलाई टाइगर कप भलिबलको उपाधि
19
SHARES
Share on FacebookShare on Twitter


दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेका छन् ।
टाइगर ग्रुप अफ पोखराका आयोजनामा यही पुस २६ गतेदेखी पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ आर्मीले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो ।

उपाधि बिजेता आर्मीले रु तीन लाख सहित ट्रफी र मेडल प्राप्त गर्न सफल भयो भने उपविजेता टिपटपले एक लाख ५० हजार सहित ट्रफी र मेडल प्राप्त गरेको छ । आर्मीले टिपटपलाई २५–१८,२४–२६, २५–१८ र २५ १९ अङ्कले पराजित गरेको हो ।

महिलातर्फको उपाधिका लागि दुई विभागीय टोलीबीचको खेलमा एपीएफले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । एपिएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सोझो सेटमा पराजित गर्न सफल भयो । उपाधि विजेता एपीएफले तीन लाख सहित ट्रफी र उपविजेता आर्मीले एक लाख ५० हजार पुरस्कार पायो ।
प्रतियोगितामा महिलातर्फ होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब ७५ हजार तथा चौथो भएको पुलिसले ३५ हजार पुरस्कार प्राप्त गर्न सफल भयो । पुरुषतर्फ नेपाल पुलिस तृतीय र आयोजक गण्डकी प्रदेश चौथौ स्थान प्राप्त गरी क्रमश: ७५ हजार र रु ३५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ आर्मीका दानबहादुर बुढा क्षेत्री र महिलातर्फ एपीएफका सरस्वती चौधरी घोषित हुँदै जनही २५ हजार पुरस्कार पाउनुभयो ।

विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पनि नगद सहित पुरस्कृत गरिएको थियो । महिलातर्फ उत्कृष्ट सर्भर एपीएफका निरुता ठगुन्ना, सेटर आर्मीका कृपा अधिकारी, ब्लकर एपीएफका हिरा केसी, लिब्रो न्यू डायमण्डका शलिना श्रेष्ठ, स्पाइकरमा आर्मीका शान्तिकुमारी थारु र प्रशिक्षकमा एपीएफका महेश चौधरी घोषित हुँदै जनही १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।

यसैगरी पुरुषतर्फ उत्कृष्ट सेटर नेपाल प्रहरीका इमबहादुर राना, सर्भर आर्मीका हरिहजुर थापा, ब्लकर टिप टपका अमित गुलिया, लिब्रो आर्मीका इश्वर थापा, स्पाइकर टिप टपका विनित कुमार चौधरी र प्रशिक्षक आर्मीका जगतबहादुर सिँह घोषित हुँदै जनही १० हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ पाँच/पाँच वटा टोली गरी १० टोलीको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा भलिवल खेलको विकासमा विशेष योगदान पुर्याउने पूर्व राष्ट्रिय खेलाडी ऋषीसरा थापा, प्रशिक्षक रमेश केसी र नेपाल भलिवल संघका महासचिव जितेन्द्र बहादुर चन्दलाई सम्मान गरिएको थियो । उनीहरुलाई गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ र टाइगर गु्रपका अध्यक्ष नारायण प्रसाद शर्माले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

प्रतियोगिताको विजयी टोली तथा सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट खेलाडीहरुलाई गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, साउथ एशियन सेन्ट्रल भलिबल एशोसिएसनका अध्यक्ष मोहम्मद लतिफ, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, राखेप बोर्ड सदस्य राजेश कुमार गुरुङ, आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्मा लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितालाई सफल बनाउन मुख्यमन्त्रीको कार्यालय, गण्डकी प्रदेश, राष्ट्रिय खेलकुद परिषद, नेपाल भलिबल संघ, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, नेपाल भलिबल संघ जापान शाखा, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, महानगर पालिका कार्यालय, अन्नपूर्ण केबल कार प्रा.लि., पोखरा, प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेश, मुक्तिनाथ विकास बैंक, अन्नपूर्ण गाउँ पालिका, केएफसी, काठमाण्डौ, बतास ब्रदर्श अर्गनाईजेशन, अटोवेज प्रा.लि., होटल बाराही, पोखरा, माउण्ट कैलाश रिसोर्ट, होटल पेनेन्सुल्ला, पोखरा, कास्की जिल्ला कवाडी संघ, विश्वकर्मा सप्लायर्स, कृषि तथा पशुपंछी फर्म, कुस्मा नगरपालिका–११, पकुवापोखरा महानगरपालिका, नगर खेलकुद विकास समिति, केल्मी, केएफसी, नेपाल टेलिकम, इसेवा रेमिट लगायत एक दर्जन संघ संस्थाले सहयोग गरेको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।

सम्बन्धित समाचार

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ
अपराध

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ
अपराध

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ
अपराध

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान
अपराध

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु
पर्यटन

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

चर्चित खबरहरु

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु