टाइगर ग्रुपको आयोजनामा भएको भलिबल प्रतियोगिता उसो त स्वास्थ्य मापदण्ड विपरीत चलिरहेको छ । राज्यले भिडभाडमा रोक लगाएपनि पुुर्व निर्धारित कार्यक्रम भन्दै प्रतियोगिता चलाइरहेको छ ।

प्रतियोगितामा कालोबजारी भएको भेटिएको छ । प्रतियोगिताको टिकट काट्ने स्थान नजिकै मास्क र सेनिटाइजर राखिएको छ । सेनिटाइजर त निशुल्क छ तर, मास्क भने किन्न पर्छ । मास्क किन्नु ठूलो कुरा होइन । बाहिर सामान्यतया १० रुपैँया पर्ने सर्जिकल मास्कलाई २० रुपैँयाका दरले बेचिरहेका छन् । आयोजकले नै स्टल खडा खरी प्रति मास्क २० रुपैँयाका दरले बेचेको हो । स्वास्थ्य सुरक्षालाई ख्याल गर्नुको साटो सामाजिक दुरी भंग गरेको आयोजकले मास्कमा समेत कालोबजारी गरेको भेटिएको हो ।
दर्शकलाई निशुल्क मास्क वितरण गर्नुपर्ने अवस्थामा उल्टै बढी रकम लिएर मास्क बेचिरहेको छ । भलिबल हेर्न आएका रमेश केसीले १० रुपैँयाको मास्कलाई २० रुपैँया तिर्न परेको सुनाए । ‘गेट भन्दा बाहिर जा भने बरु १० रुपैँयामा पाइन्थ्यो यहाँ त २० रुपैँयाभन्दा तल नदिने रे ’ उनले सुनाए । पोखराको बाटुलेचौर देखी भलिबल हेर्न आएका सुनिल अधिकारीले पनि २० रुपैँया तिर्न परेको सुनाए । टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले भने मास्क बेचेको बताए । उनले मास्का लागि सौजन्य खोजेर निशुल्क वितरण गर्ने बताए । टाइगर ग्रुपका सचिव प्रकाश बरालले यस विषयमा बुझेर समास्याको समाधान गर्ने जानकारी दिए ।




























प्रतिक्रिया लेख्नुहोस्:-