स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा दुई हजार ४४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। आज १५ हजार ३३ जनाको स्वाब परीक्षण गरिएको थियो।
हिजो ११ हजार ४२९ जनाको स्वाब परीक्षण गर्दा एक हजार ४ सय ४६ जनामा संक्रमण देखिएको थियो। संक्रमित देखिएकामध्ये १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९८१ जनामा र चार हजार ३८५ जनाको एन्टिजन परीक्षण गर्दा ४६३ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ। त्यस्तै, आज ३ सय १३ जना निको भएका छन्। यससँगै निको हुनेको संख्या पनि आठ लाख १४ हजार ७ सय ९१ पुगेको छ। अझै नौ हजार ५ सय २२ सक्रिय संक्रमित रहेका छन्।




























प्रतिक्रिया लेख्नुहोस्:-