मंगलबार स्थानीय बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार घटेर कारोबार भएको भाउ आज बढेको हो ।
यस अघि प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ९१ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ । त्यस्तै, यसअघि ९० हजार ८०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ९१ हजार १०० रुपैयामा कारोबार हुनेछ ।
यता, चाँदी पनि आज प्रतितोला १० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार भने एक हजार २३० रुपैयाँमा कारोबार हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-