२०८३ कार्तिक १७, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिताको तयारी सकियो

गण्डकी प्रेस
पुस २४, २०७८ ११:४७ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिताको तयारी सकियो
10
SHARES
Share on FacebookShare on Twitter


पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना, नेपाल भलिवल संघको स्विकृतीमा ‘दोश्रो टाइगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला/पुरुष भलिवल प्रतियोगिता २०७८’ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

टाइगर ग्रुपले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी तयारी पुरा भएको जनाएको हो । शुश्री मिडिया प्रा.लीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा यहि पुष २६ गतेबाट राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका छन् । प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउँदै अध्यक्ष शर्माले भने–“यस क्षेत्रमा भलिवलको लोकप्रियता संगै राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट उत्पादित खेलाडीहरुको लामो समयदेखिको उपस्थितीका साथै भलिवल खेलको विकासमा योगदान दिन यो प्रतियोगितालाई निरन्तरता दिएका छौं ।”

प्रतियोगितामा महिला तर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लव, नेपाल पुलिस र शसस्त्र प्रहरीबल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहको छ । आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकका महिला भलिबलका क्याप्टेन सहित ३ जना खेलाडीहरूको सहभागिता रहनेछ । त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टिमहरू नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लवको टिम रहेका छन् । केही टिममा छिमेकी राष्ट्र भारतका टिम क्याप्टेन सहितका खेलाडीहरूको सहभागिता रहनेछ ।

प्रतियोगिताको उपाधि विजेता महिला/पुरुष उपाधी विजेता टिमलाई समान नगद रु. ३/३ लाख, उपविजेता महिला/पुरुष टिमलाई समान नगद रु. १ लाख ५० हजार, तेश्रो हुने महिला/पुरुष टिमलाई समान नगद रु. ७५ हजार र सान्त्वना हुने महिला/पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यसै गरी महिला तथा पुरुष तर्फ उत्ृकष्ट एक–एक खेलाडीलाई समान नगद रु. २५/२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद जनही नगद १०/१० हजार सहित र ट्रफीद्वारा सम्मान गरिनेछ ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । साथै प्रतियोगित अवलोकनका लागि साउथ एशिया सेन्ट्रल भलिवलका अध्यक्ष मोहमद लतिफ समेत पोखरा आउने कार्यक्रम तय भएको छ । पुष २६ गते दिउसो १ बजे हुने उद्घाटन खेलमा पुरुष तर्फको डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश र नेपाल ए.पि.एफ क्लब भिड्ने भएका छन् । पहिलो राउण्ड रोविन लिग अन्तर्गतका खेलहरु भने विहान ८ बजेबाटनै शुरु हुने र दैनिक महिला र पुरुषतर्फका गरी ४ खेलहुने आयोजकले जनाएको छ ।

पोखरा रंगशालामा हुने आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि हामीले यो पटक विशेष तयारीका साथ अघि बढेको प्रचार प्रसार समितीका संयोजक रामकृष्ण ज्ञवालीले जनाएका छन् । उनका अनुसार दर्शकहरूका लागि अस्थायी प्याराफिट निर्माण, जेष्ठ नागरिक लगायत फरक क्षमता भएका दर्शकहरूलाई खेल हेर्न छुट्टै व्यवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई बस्नको लागि विशेष व्यवस्था गरिएको छ । साथै प्रतियोगिताका लागि प्रवेश शुल्क रु. २ सय र ३ सय निर्धारण गरिएको आयोजकले जनाएको छ ।
साथै प्रतियोगिता अवधीभर नेपाल टेलिकमले रु.५० व्यालेन्स सहितको सिम निशुल्क वितरण गर्नेछ भने ई–सेवा रेमिटबाट प्रत्येक दिनको म्याचको ‘म्यान अफ द म्याच’को पुरस्कार राशी नगद ५ हजार खेलाडीले प्राप्त गर्नेछन् । साथै केएफसीले महिला तथा पुरुष विजेता टिमका खेलाडीहरुलाई गिफ्ट स्वरुप डिनरको व्यवस्था गरेको संयोजक ज्ञवालीले जनाएका छन् ।

प्रतियोगितालाई सफल बनाउन शिव श्रेष्ठ संयोजक, सहसंयोजक गोविन्द थापा सहितको विभिन्न उपसमितिहरू गठन गरी सम्पूर्ण कामहरू पुरा गरी अन्तिम चरणमा पुगेको क्लवका सचिव प्रकाश बरालले उल्लेख गरे । साथै उनले विदेशबाट यस प्रतियोगिता सफल विभिन्न खेल प्रेमीहरूले आर्थिक, भौतिक एवम् नैतिक रुपमा सहयोग गरेकोमा आभार समेत व्यक्त गरेका छन् ।

प्रतियोगितालाई सफल बनाउन मुख्यमन्त्रीको कार्यालय, गण्डकी प्रदेश, राष्ट्रिय खेलकुद परिषद, नेपाल भलिबल संघ, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, नेपाल भलिबल संघ जापान शाखा, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, महानगर पालिका कार्यालय, अन्नपूर्ण केबल कार प्रा.लि., पोखरा, प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेश, मुक्तिनाथ विकास बैंक, अन्नपूर्ण गाउँ पालिका, केएफसी, काठमाण्डौ,बतास ब्रदर्श अर्गनाईजेशन, अटोवेज प्रा.लि., होटल बाराही, पोखरा, माउण्ट कैलाश रिसोर्ट, होटल पेनेन्सुल्ला, पोखरा, कास्की जिल्ला कवाडी संघ, विश्वकर्मा सप्लायर्स, कृषि तथा पशुपंछी फर्म, कुस्मा नगरपालिका–११, पकुवापोखरा महानगरपालिका, नगर खेलकुद विकास समिति, केल्मी लगायत एक दर्जन संघ संस्थाले सहयोग गरेको संस्थाका सदस्य डिवी नेपालीले जनाएका छन् ।

यसै विच, पहिलो पटक नेपाल राष्ट्रिय टिमकी कप्तान अरुण शाहीको कप्तानीमा आफ्नै महिला टिम उर्तान लागेको टाइगर ग्रुपले श्रीलंकाका ३ जना खेलाडीलाई टिममा भित्राएको छ । पत्रकार सम्मेलनमा कप्तान अरुणाले आफ्नो टिमको तयारी पुरा भएको जनाउँदै उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताइन् । उनले भनिन–“टिममा गण्डकीका केही खेलाडी र विदेशी अनुभवी खेलाडीको समिश्रण छ, त्यसैलै पनि टिम बलियो भएको छ ।” यता गण्डकी प्रदेशका डिफेण्डिङ च्याम्पियन टिमका कप्तान हरि पाण्डेले केही पुराना र नयाँ खेलाडीको समिश्रणका साथ आफ्नो टिमको तयारी पुरा भएको जनाउँदै गत वर्षकै लय समात्ने गरी मैदानमा उत्रिने बताए ।

सम्बन्धित समाचार

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ
अपराध

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान
अपराध

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु
पर्यटन

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

चर्चित खबरहरु

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पाेखरा महानगर ५० हजार मत गणना काे अगाडि काे पछाडि

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal