पोखरा । विश्वकै चर्चित पदमार्ग अन्नपूर्णमा पुजिनियम बराहमा थान निर्माण हुँदै छ । स्थानीयको सहयोग र स्थानीय सरकारको सहयोगमा मन्दीर निर्माण हुन लागेको हो ।
अन्नपूर्ण गाउँपालिका ११ मा पर्ने यस बराहमा पुजिनियम १ सय ८ धारा बराहकै कारण अन्नपूर्ण क्षेत्र रहँदै आएको स्थानीयको विश्वास छ । मन्दीर निर्माणका लागि गाउँपालिकाको तर्फबाट १० लाख रुपैयाँ सहयोग गरे पनि बाँकी स्थानीयकै सहयोगमा निर्माण हुन लागेको उपभोक्ता समितिले जनाएको छ ।
बराह क्षेत्रमा रहेको जिर्ण थानलाई आधुनिक शैलीमा निर्माण गर्न लागेको समितिका अध्यक्ष जगनरास गुरुङले जानकारी दिए । ‘पुजिनियम बराहकै कारण अन्नपूर्ण क्षेत्र अहिलेसम्म सुरक्षित रहेको हामी मान्छौं । अन्नपूर्णलाई अहिलेसम्म बचाई राखेको कारण पुजिनियिम बराहमा थान निर्माण गर्न लागेका हौं,’ उनले भने ।
थान निर्माणका लागि देशविदेशबाट स्थानीयको सहयोग मिलि रहेको छ । यद्यपि, यातायातको सुविधा नभएका कारण ढुवानी मजदुरहरुमार्फत गर्नुपर्ने हुँदा लागत रकम कति लाग्ने भन्ने यकिन भई सकेको उनले जानकारी दिए । थान निर्माणका लागि सहयोग गरिदिनका लागि उनले स्थानीयबासिलाई अनुरोध समेत गरेका छन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-