पुस । काठमाडौं महानगरपालिका ३२ कोटेश्वरबाट संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) सहित २ जनालाई कोटेश्वर क्षेत्रबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भोजपुर राम प्रसाद राई गाउँपालिका ४ लाखुरे बस्ने ४० वर्षीय रुक्मण बहादुर बुर्जामगर र पाँचथर मिक्लाजुङ गाउँपालिका ८ टोखा बस्ने २७ वर्षीय भबिन्द्र बहादुर मगर रहेका छन् ।
कोटेश्वर क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई १ किलो ५ सय ग्राम तौल भएको उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाईएको उक्त ब्यूरोले जनाएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८




























प्रतिक्रिया लेख्नुहोस्:-