पुष। बृहत फेदीखोला पोखरा सम्पर्क समाजको एउटा नियमित कार्यक्रम अन्तर्गत श्री खहरे आधारभूत विद्यालय, फेदीखोला २, खहरे स्याङ्जामा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक र खेलकुद सामाग्री साथै न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ।
बृहत फेदीखोला पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्ण क्षेत्रीले समग्र फेदिखोलाको पर्यटन पर्बर्दन र दिगो बिकास कसरी गर्न सकिन्छ भन्ने बारेमा गाउँ पालिका अध्यक्ष लाई जानकारी गराए । उनले फेदिखोलाका ५ वटै वडा लाई जोड्ने झोलुङ्गेपुल निर्माण गरि फेदिखोलाको पर्यटनलाई देशकै नमुना र आर्थिक आय आर्जन मा आत्म निर्भर बनाउने कुरामा जोड दिए ।
फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी गाउँ पालिका अध्यक्ष ले बृहत् फेदिखोला सम्पर्क समाज फेदिखोलाको मार्ग निर्देशक र बिकास को सहयात्री हुन सक्ने बताए ।
फेदीखोला गाउँपालिका वडा नं २ का अध्यक्ष हिमालय जंग बानियाँ, नेपाली काग्रेस फेदीखोलाका सभापति महेन्द्र थापा, नेकपा समाजवादी फेदीखोलाका सचिव अर्जुन खत्री, राप्रपा नेपाल फेदीखोलाका अध्यक्ष झपट बहादुर अधिकारी, विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष सुवेदार रामबहादुर कार्की, सम्पर्क समाजका संस्थापक अध्यक्ष अविलास गुरुङ, प्रथम उपाध्यक्ष जगदीश लामिछाने, द्वितीय उपाध्यक्ष विजय पौडेल, संस्थाका अन्य पदाधिकारी र सदस्यहरु साथै वरिष्ठ समाजसेवी कमल बहादुर भुजेल, शंकर गिरी, अर्जुन भण्डारी लगायतको उपस्थिति थियो।
विद्यालयकी शिक्षिका लेखमाया कार्कीले स्वागत मन्तव्य उपाध्यक्ष जगदीश लामिछानेले कार्यक्रमबारे जानकारी गराएका थिए ।
विद्यालयका प्रधानाध्यापक शिव कुमार गौतम र संस्थाका सह- सचिव मीनप्रसाद सुवेदीले संयुक्त संचालन गरेको कार्याक्रममा अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जस बहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालयमा कक्षा एकदेखि पाँचसम्म जम्मा सैंतीस जना विद्यार्थीहरु रहेका छन्।


























प्रतिक्रिया लेख्नुहोस्:-