बागलुङ । दलित महिला संघ बागलुङले रामरेखास्थित श्री रामरेखा अाधारभुत विद्यालयमाका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको गरेको छ ।
काठमाडौं बालुवाटार स्थायी घर भई हाल अमेरिका बस्ने समाजसेवी , शिक्षाप्रेमी अमर क्षेत्रीको अार्थिक सहयोग र दलित महिला संघ(FEDO) बागलुङको व्यवस्थापनमा न्यानो कपडा वितरण गरिएको अध्यक्ष सरु गैरेले जानकारी दिइन् ।
जिल्लाका विभिन्न स्थान तथा अन्य जिल्लाबाट कामको शिलशिलामा बागलुङ बजार अाएर ज्याला मजदुर गरि जिविका पार्जन गरिरहेका मजदुर श्रमिकहरुका बालबच्चा एवम् शारीरिक रुपमा अपांग बालबालिका गरि ८६ जना विद्यार्थीहरुलाई कपडा वितरण गरिएको थियो ।
समाजसेवी अमर क्षेत्रीको बारेमा दलित महिला संघका अध्यक्षले प्रकाश पारेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्ष्यता र प्रधानाध्यापकको सञ्चालनमा सम्पन्न भएको थियो । समाजसेवी अमर क्षेत्रीले बागलुङ जिल्लामा मात्रै नभएर देशका धेरै जिल्लामा रहेका गरिब , दलित तथा अशक्त व्यक्तिहरुलाई सहयोग गर्दै आएका छ्न्।


























प्रतिक्रिया लेख्नुहोस्:-