काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । भृकुटीमण्डपमा हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ ।
महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जसका लागि झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागिता जनाउने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।
अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ ।
अन्य पदका लागि पनि उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।
राप्रपा हिन्दूराष्ट्र, राजासहितको प्रजातन्त्र र संघीयता खारेजीको एजेन्डा बोकेर राजनीति गरिरहेको छ ।
लिङ्देनले राप्रपामा युवाको नेतृत्वको माग गर्दै उम्मेदवारी घोषणा गरेका छन् भने थापा अन्तिमपटक पार्टीको नेतृत्व लिने बताउँदै आएका छन् ।
पार्टी एकीकरणपछि राप्रपामा हाल थापा, पशुपतिशमशेर राणा र डा। प्रकाशचन्द्र लाहनीगरी तीनजना अध्यक्ष छन् । अब एकजना मात्र अध्यक्ष चुनिनेछन् । यसर्थ, यसलाई एकताको महाधिवेशन भनिएको छ ।




























प्रतिक्रिया लेख्नुहोस्:-