२०८३ भदौ ३१, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एक्लिए प्रधानन्यायाधीश, आश गरेका न्यायाधीशले साथ दिएनन्

गण्डकी प्रेस
कार्तिक २३, २०७८ २०:४९ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
एक्लिए प्रधानन्यायाधीश, आश गरेका न्यायाधीशले साथ दिएनन्
11
SHARES
Share on FacebookShare on Twitter

प्रधानन्यायाधीश राजीनामा दिँदै नदिने अडानमा छन्। न्यायाधीशहरु पनि राजीनामाबाहेकका विकल्प मान्न तयार छैनन्। यहीबीचमा प्रधानन्यायाधीश राणाले पेलेर जाने रणनीति बनाए। सोहीअनुसार मंगलबार उनले इजलास गठन पनि गरे। तर, १९ मध्ये एक जना पनि न्यायाधीश उनको पक्षमा उभिएनन्।

राणानिकट स्रोतका अनुसार उनले केही न्यायाधीशले आफूलाई साथ दिने अपेक्षा गरेका थिए। त्यही भएर उनले मंगलबार आफूसहित १७ न्यायाधीशलाई समेटेर १० वटा इजलास गठन गरेका थिए।

तीमध्ये ८ वटा इजलास नै बसेनन्। एउटा संयुक्त इजलास बन्दी प्रत्यक्षीकरणको मात्रै रिट हेरेर उठ्यो। न्यायाधीश तेजबहादुर केसी र डा। मनोजकुमार शर्माको इजलासमा एक नम्बरमा बन्दी प्रत्यक्षीकरणको रिट थियो। बाँकी नियमित ३५ वटा रिट उक्त इजलासमा थिए। उनीहरु बाँकी रिट हेर्न नभ्याइने भन्दै उठे।

न्यायाधीशहरुले मंगलबार राणा सर्वोच्चमा नितान्त एक्लो रहेको सन्देश दिएका छन्। यसअघि केही न्यायाधीश बिदामा थिए। उनीहरु बिदाबाट फर्किए पनि नियमित मुद्दा पेसी तोकिएको थिएन।

न्यायाधीशको वार्ता टोली र प्रधानन्यायाधीशबीच बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइ गर्ने, प्रधानन्यायाधीशले मुद्दा नहेर्ने र नियमित मुद्दा पेसी नतोक्ने अनौपचारिक सहमति थियो। प्रधानन्यायाधीश राणाले पनि केही दिन त्यही अनुसार इजलास तोके।

तर, तिहारपछि उनको मुड फेरियो। लामो समय न्यायालय ठप्प हुँदा बाह्य दबाब पनि बढ्दै गयो। सोमबार उनले नियमित मुद्दा पेसी तोकेनन् तर आफ्नो इजलास राखे। कुमार चुडालसँग संयुक्त इजलास गठन गरे पनि चुडाल उनीसँगको इजलासमा गएनन्। जसकारण राणा संलग्न इजलासले मुद्दा हेर्न सकेन।

अरु इजलासले भने बन्दी प्रत्यक्षीकरणका रिटमा सुनुवाइ गरे। मंगलबार राणा थप अगाडि बढे र नियमित २९७ वटा मुद्दा पेसी तोके। आफूसहितको इजलासमा न्यायाधीशहरु नआएपछि उनले आफ्नो एकल इजलास गठन गरे।

उनको इजलासमा ७ वटा रिट थिए। जसमध्ये एउटा हेर्न नमिल्ने थियो, बाँकी उनले सुनुवाइ गरेका छन्। उनले नियमित मुद्दाको पेसी तोकेपछि धेरैले केही न्यायाधीश इजलास फर्किने अनुमान गरेका थिए। राणनिकट सर्वोच्चका विशिष्ट अधिकारीले पनि सोमबार नेपालखबरलाई यस्तै जानकारी दिएका थिए।

‘उहाँहरुको बीचमा पनि एकता छैन। केही न्यायाधीशले भोलिबाटै सुनुवाइ गर्नुहुन्छ,’ ती अधिकारीले भनेका थिए, ‘प्रधानन्यायाधीश त्यही भएर अगाडि बढ्न लाग्नु भएको हो।’

तर, मंगलबार राणाले आश गरेका न्यायाधीशहरुबाट पनि साथ पाएनन्। अब प्रष्ट भएको छ, प्रधानन्यायाधीश राणा एक्लिएका छन्।

अहिलेको अवस्थामा उनलाई साथ दिन कुनै पनि न्यायाधीश तयार छैनन्। सर्वोच्च श्रोतका अनुसार वरिष्ठ न्यायाधीशहरुले साथ नदिए पनि कनिष्टहरु इजलासमा फर्किने राणाको विश्वास थियो।

सम्बन्धित समाचार

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ
अपराध

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक
प्रमुख समाचार

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद
अपराध

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो
प्रमुख समाचार

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार
अन्तराष्ट्रिय

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

चर्चित खबरहरु

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

सन्तानेश्वरमा महायज्ञ जारी, तीन दिनमै एक करोड पाँच लाख संकलन

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal