काठमाडौं – नेकपा माओवादी केन्द्रको विदेश मामिला विभागको बैठक आह्वान गरेको छ। आगामी कात्तिक २४ गतेका लागि विदेश मामिला विभागको बैठक बोलाइएको माओवादीले जनाएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा विभागको काम कारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल हुनेछ।
यस्तै कार्ययोजना र अन्य विविध विषयमा पनि छलफल हुने विदेश मामिला विभाग प्रमुख नारायणकाजी श्रेष्ठले जानकारी दिए।





























प्रतिक्रिया लेख्नुहोस्:-