२०८२ माघ ५, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वनमाथिको अधिकारमा संघको हस्तक्षेप

प्रदेशलाई अधिकार दिन सवालमा संघ अनुदार : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रेस
अशोज २३, २०७८ १०:२६ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
वनमाथिको अधिकारमा संघको हस्तक्षेप
42
SHARES
Share on FacebookShare on Twitter

पोखरा । संघीयता कार्यान्वयनमा आएपछि नागरिकले सरकारलाई नजिकबाट अनुभूति गर्न पाएका छन् । सिंहदरबार धाउनु परेको छैन । तर कतिपय अवस्थामा एक तहको सरकारका अधिकारमाथि अर्को तहले हस्तक्षेप गरिरहेका छन् । वन क्षेत्रमा यस्तै समस्या छ । वन ३ तहकै सरकारको साझा अधिकारको सूचीमा छ । ३ तहका सरकारबीच समन्वय हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।

संघले २०७६ मा वन ऐन ल्यायो । जुुुन संघीयताको मर्मविपरीत छ । प्रदेशमा समायोजन भएका डिभिजन वन अधिकृतहरुलाई उक्त ऐनले संघ मातहतका भनी परिभाषित गरिदियो । यसले थप अन्योल त बनाएकै छ । अर्धन्यायिक काम गर्नुपर्ने डिभिजन वन अधिकृतहरुलाई मुद्दा अभियोजन र तहकिकात अनि कारवाहीका लागि अधिकार दिइएको छैन । कि त प्रदेशमा रहेका ती अधिकृतहरुलाई पूर्णरुपमा संघमै लैजानु पर्‍यो । हैन भने विषेश निर्णय गरेरै भए पनि अभियोजन र कारवाहीको अधिकार उनीहरुलाई दिनुपर्‍यो भन्ने आवाज आइरहेकै छ ।

वन व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि आवश्यक नीति निर्माणका लागि गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिले तनहुँको बन्दीपुरमा क्लोज क्याम्प नै गरेको छ । शुक्रबार सुरु भएको २ दिने कार्यक्रमको उद्घाटन सत्रमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यिनै विषय उठान गरे । उनले भने, ‘प्रदेशलाई अधिकार हस्तान्तरण गर्ने सवालमा संघ उदार हुन सकेको छैन, यो गम्भीर विषय हो ।’

नेपालको सामुदायिक वन विश्वमा नमुना भनिए पनि अहिले आएर व्यवस्थापनमा समस्या देखिएको भन्दै यसका लागि स्थानीय तहसँग समन्वय जरुरी रहेको मुख्यमन्त्री पोखरेलले बताए । वनको अधिकतम सदुपयोग हुनुपर्नेमा नेपालमा अहिले वन विकासको वाधक बनेको भन्दै यस्ता समस्या समाधानका लागि सबै पक्ष जागरुक हुनुपर्ने भनाइ राखे । उनले भने, ‘एउटा रुख काट्नु परे, संघ सरकारको निर्णय कुरेर बस्नु परेका छ, पुराना कानुनहरु अब फेर्नु पर्छ ।’

वन वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापाले प्रदेशले पाएको वनको अधिकार क्षेत्रमाथि हस्तक्षेप भइरहेको आरोप लगाए । अहिले वन संरक्षण भन्दा पनि अतिक्रमण ठूलो चुनौती बनेको भनाइ राखे । हिमाल, पहाड र तराईका लागि एकै खाले कानुन उपयुक्त नभएको भन्दै ठाउँ र परिस्थिति अनुसारको व्यवस्था हुनुपर्ने मन्त्री थापाको भनाइ थियो ।

कार्यक्रममा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले नेपालमा वन जोगाउन तर त्यसको उपयोग गर्न नसक्ने र नपाउने अवस्था रहेको बताए । उनले भने, ‘वनलाई कसरी समृद्धिसँग जोड्न सकिन्छ भन्ने सवाल महत्वपूर्ण हो, यसमा हामी गम्भीर हुन जरुरी छ ।’ वनजंगल बढेसँगै वन्यजन्तु – मानव द्वन्द्व बढेको छ, जंगल आँगनसम्मै आइपुगेको छ ।’ मुलुकभित्रको जंगलका काठ कुहिरहेको अवस्थामा मलेसियाबाट काठ र चीनबाट फर्निचर सामान ल्याउनुपर्ने वाध्यता अब अन्त्य हुनुपर्ने उनले बताए । व्यवस्था, संविधान परिवर्तन गर्न सकिने भन्दै वाधकका रुपमा देखा परेको वन ऐन पनि परिमार्जन गर्न सकिने उनको भनाइ थियो ।

पूर्वमन्त्री हरिबहादुर चुमानले पहिला नीति बनाएर त्यसैका आधारमा प्रदेशले ऐन बनाउनुपर्ने भन्दै यसका लागि घनिभूत छलफल गर्नुपर्ने भनाइ राखे । प्रदेशले कानुन बनाउन पाउने र अभियोजन र तहकिकात गर्न नपाउने अवस्था आउनु अचम्मको विषय रहेको उनले बताए । वनको अधिकारका बारेमा प्रदेशले संघसँग ठूलो संघर्ष गर्दै आएको चुमानको भनाइ थियो ।
कार्यक्रममा सांसद डोबाटे विश्वकर्मा, जनकलाल श्रेष्ठ, विनोद केसी, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णबहादुर थापा, तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वनमा देखिएका समस्याका बारेमा भनाइ राखेका थिए ।

तनहुँका डिभिजन वन अधिकृत कोमलराज काफ्ले उक्त अवसरमा वन संरक्षण, व्यवस्थापन लगायत क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायका बारेमा प्रस्तुति गरेका थिए । कार्यक्रममा डोबाटे विश्वकर्मा, विनोद केसीअर्थ तथा विकास समितिका सदस्यहरु मन्त्रालयका अधिकारीहरु, वन निर्देशनालयका निर्देशक, डिभिजन वन अधिकृतहरु, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि सहभागी छन् ।

सम्बन्धित समाचार

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार
अपराध

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा
समाचार

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी
समाचार

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो
खेलकुद

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित
खेलकुद

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?
अपराध

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

चर्चित खबरहरु

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान