पोखरा, १२ भदौ । बेचिन लागेको पोखराको सबैभन्दा ठुलो अस्पताल मणिपाल शिक्षण अस्पताल सम्झौता अनुसार कसैलाईपनि बेच्न नपाउने देखिएको छ ।
पोखरा महानगरपालिका ११ स्थित मणिपाल शिक्षण अस्पताल ४९ वर्षका लागि मणिपाल हस्पिटल एण्ड एजुकेसनल ग्रुपले संचालन गर्ने निर्णय भएको थियो ।
तर, निर्णय सम्झौता मिति नसकिदैँ मणिपाल पोखराका व्यवसायिक ग्रुपलाई बेचिएको छ । कानून अनुसार मणिपाल नेपाल सरकारकै रहने छ ।
स्वास्थ्य क्षेत्रमा स्वास्थ्य माफियाको गिद्दे नजर परेपछि सम्झौता अगावै मणिपाल बेचिएको हो । पोखराका व्यवसायिक ग्रुप बतास अर्गनाइजेसन र अटोवेज ग्रुपले आखाँ लगाएपछि मणिपाल ३ अर्ब २२ करोड ६० लाखमा किनेका हुन् ।
जसमा बतासको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत रहेको छ । बतास त्यही व्यवसायी हो जस्ले यस अघि पोखराकै सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट राख्नका लागि चन्दा उठाउँदै हिडेको थियो ।
चन्दा उठाएर संकलन गरेपनि अझैँ अक्सिजन प्लान्ट जोडिन भने सकेको छैन् । उता कोराना महामारीको समयमा अक्सिजन प्लान्ट जोड्ने भन्दै हातेमालो गर्न लगाउने तर, राज्यको मातहतमा आउने मणिपालमा भने अर्बौ रुपैयाँ खर्च गरेको देखिन्छ ।
सम्झौता अनुसार २०४९ साल पुस २० गते मन्त्रिपरिषद्को निर्णयानुसार अस्पताल प्रयोगका लागि १९३–७––१ रोपनी क्षेत्रफलको जग्गा ४९ वर्षका लागि दिनेगरी तत्कालिन शिक्षा, संस्कृति मन्त्रालय र मणिपालको ग्रुपसंग सम्झौता भएको थियो ।
तत्कालिन शाही नेपाली सेनाको उक्त जग्गा सम्झौता सकिएपश्चात सेनाकै हुने उल्लेख भएको छ । सम्झौता अनुसार सम्पूर्ण पूर्वाधारको अधिकार प्रथम पक्षको हुने छ ।
मणिपालले सेनालाई प्रतिरोपनी ८० हजारका दरले बुझाउने सम्झौता भएको थियो । सम्झौता अनुसार ४९ वर्ष सकिएपछि कलेजले आवस्यक परेमा सेनासंग छलफल गरी पुनः लिन सक्ने व्यवस्था समेत गरेको देखिन्छ ।
तर, सम्झौता विपरीत उक्त समय भित्र कुनै विवाद आएमा नेपाल सरकारको निर्णय नै अन्तिम निर्णह हुने प्रावधान रहेको छ ।
बहुराष्ट्रिय कम्पनी मणिपाल हस्पिटल एण्ड एजुकेसनल ग्रुप नेपालबाट सम्झौता अगावै किन बाहिरीन लाग्यो भन्ने विषय भने गहन बनेको छ ।
पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालबाट लगानी फिर्ता लैजाने निर्णयसँगै यो समूह नेपालबाट बाहिरिन लागेको भनिएको छ ।
शिक्षा क्षेत्रको बहुराष्ट्रिय कम्पनी मणिपालले पोखरा– ११,फूलबारीमा रहेको मणिपाल शिक्षण अस्पताल करिब सवा ३ अर्बमा पोखरेली व्यवसायीहरुलाई सुम्पेको हो ।
१९९४ मा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यहाँ चिकित्साशास्त्रको अध्ययन सुरु भएको थियो । सन् १९९८ मा ७५० बेडको शिक्षण अस्पताल निर्माण गरेको कलेजले सन् २००१ मा एमबिबिएस तथा सन् २००५ बाट एमडीको अध्यापन संचालनमा ल्याएको थियो ।
अहिले मणिपाल कलेजमा एमबिबिएस, पिजी र नर्सिङका कक्षा संचालनमा छ । यस अस्पतालले एमबिबिएस अध्यनका लागि बार्षिक १०० जना विद्यार्थी भर्ना गर्न अनुमति पाएको छ । तीमध्ये २० प्रतशित नेपाली विद्यार्थीहरु छात्रवृत्तिमै पढ्छन् ।
शिक्षण अस्पतालको स्वामित्वसँगै अब अस्पतालले तिर्न बाँकी रहेको झण्डै १ अर्बको दायित्व पनि स्वीकारेको अटोवेज समूहका अध्यक्ष नारायण पौडेलले बताएका थिए ।
उनका अनुसार शिक्षण अस्पतालमा बतास अर्गनाइजेजनको ६० र अटोवेजको ४० प्रतिशत सेयर रहने छ । मणिपालले पोखरा महानगरपालिकालाई घरजग्गाको मालपोत तथा भवनको नक्सापासको शुल्क तिर्न बाँकी छ ।
नयाँ व्यवस्थापन अनुसार कलेज संचालनको लागि बतास समूहका अध्यक्ष आनन्दराज बतास अध्यक्ष र पौडेल उपाध्यक्ष रहने सहमति गरेको छ । बाँकी २ शेयर सदस्य बतास समूहकै रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-