२०८३ अशोज ७, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सम्झौता अनुसार मणिपाल बेच्न नमिल्ने

गण्डकी प्रेस
भदौ १२, २०७८ १८:३७ मा प्रकाशित
अर्थ, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार
सम्झौता अनुसार मणिपाल बेच्न नमिल्ने
28
SHARES
Share on FacebookShare on Twitter

पोखरा, १२ भदौ । बेचिन लागेको पोखराको सबैभन्दा ठुलो अस्पताल मणिपाल शिक्षण अस्पताल सम्झौता अनुसार कसैलाईपनि बेच्न नपाउने देखिएको छ ।
पोखरा महानगरपालिका ११ स्थित मणिपाल शिक्षण अस्पताल ४९ वर्षका लागि मणिपाल हस्पिटल एण्ड एजुकेसनल ग्रुपले संचालन गर्ने निर्णय भएको थियो ।

तर, निर्णय सम्झौता मिति नसकिदैँ मणिपाल पोखराका व्यवसायिक ग्रुपलाई बेचिएको छ । कानून अनुसार मणिपाल नेपाल सरकारकै रहने छ ।

स्वास्थ्य क्षेत्रमा स्वास्थ्य माफियाको गिद्दे नजर परेपछि सम्झौता अगावै मणिपाल बेचिएको हो । पोखराका व्यवसायिक ग्रुप बतास अर्गनाइजेसन र अटोवेज ग्रुपले आखाँ लगाएपछि मणिपाल ३ अर्ब २२ करोड ६० लाखमा किनेका हुन् ।

जसमा बतासको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत रहेको छ । बतास त्यही व्यवसायी हो जस्ले यस अघि पोखराकै सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट राख्नका लागि चन्दा उठाउँदै हिडेको थियो ।

चन्दा उठाएर संकलन गरेपनि अझैँ अक्सिजन प्लान्ट जोडिन भने सकेको छैन् । उता कोराना महामारीको समयमा अक्सिजन प्लान्ट जोड्ने भन्दै हातेमालो गर्न लगाउने तर, राज्यको मातहतमा आउने मणिपालमा भने अर्बौ रुपैयाँ खर्च गरेको देखिन्छ ।

सम्झौता अनुसार २०४९ साल पुस २० गते मन्त्रिपरिषद्को निर्णयानुसार अस्पताल प्रयोगका लागि १९३–७––१ रोपनी क्षेत्रफलको जग्गा ४९ वर्षका लागि दिनेगरी तत्कालिन शिक्षा, संस्कृति मन्त्रालय र मणिपालको ग्रुपसंग सम्झौता भएको थियो ।

तत्कालिन शाही नेपाली सेनाको उक्त जग्गा सम्झौता सकिएपश्चात सेनाकै हुने उल्लेख भएको छ । सम्झौता अनुसार सम्पूर्ण पूर्वाधारको अधिकार प्रथम पक्षको हुने छ ।

मणिपालले सेनालाई प्रतिरोपनी ८० हजारका दरले बुझाउने सम्झौता भएको थियो । सम्झौता अनुसार ४९ वर्ष सकिएपछि कलेजले आवस्यक परेमा सेनासंग छलफल गरी पुनः लिन सक्ने व्यवस्था समेत गरेको देखिन्छ ।

तर, सम्झौता विपरीत उक्त समय भित्र कुनै विवाद आएमा नेपाल सरकारको निर्णय नै अन्तिम निर्णह हुने प्रावधान रहेको छ ।
बहुराष्ट्रिय कम्पनी मणिपाल हस्पिटल एण्ड एजुकेसनल ग्रुप नेपालबाट सम्झौता अगावै किन बाहिरीन लाग्यो भन्ने विषय भने गहन बनेको छ ।

पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालबाट लगानी फिर्ता लैजाने निर्णयसँगै यो समूह नेपालबाट बाहिरिन लागेको भनिएको छ ।
शिक्षा क्षेत्रको बहुराष्ट्रिय कम्पनी मणिपालले पोखरा– ११,फूलबारीमा रहेको मणिपाल शिक्षण अस्पताल करिब सवा ३ अर्बमा पोखरेली व्यवसायीहरुलाई सुम्पेको हो ।
१९९४ मा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेसँगै यहाँ चिकित्साशास्त्रको अध्ययन सुरु भएको थियो । सन् १९९८ मा ७५० बेडको शिक्षण अस्पताल निर्माण गरेको कलेजले सन् २००१ मा एमबिबिएस तथा सन् २००५ बाट एमडीको अध्यापन संचालनमा ल्याएको थियो ।

अहिले मणिपाल कलेजमा एमबिबिएस, पिजी र नर्सिङका कक्षा संचालनमा छ । यस अस्पतालले एमबिबिएस अध्यनका लागि बार्षिक १०० जना विद्यार्थी भर्ना गर्न अनुमति पाएको छ । तीमध्ये २० प्रतशित नेपाली विद्यार्थीहरु छात्रवृत्तिमै पढ्छन् ।

शिक्षण अस्पतालको स्वामित्वसँगै अब अस्पतालले तिर्न बाँकी रहेको झण्डै १ अर्बको दायित्व पनि स्वीकारेको अटोवेज समूहका अध्यक्ष नारायण पौडेलले बताएका थिए ।

उनका अनुसार शिक्षण अस्पतालमा बतास अर्गनाइजेजनको ६० र अटोवेजको ४० प्रतिशत सेयर रहने छ । मणिपालले पोखरा महानगरपालिकालाई घरजग्गाको मालपोत तथा भवनको नक्सापासको शुल्क तिर्न बाँकी छ ।

नयाँ व्यवस्थापन अनुसार कलेज संचालनको लागि बतास समूहका अध्यक्ष आनन्दराज बतास अध्यक्ष र पौडेल उपाध्यक्ष रहने सहमति गरेको छ । बाँकी २ शेयर सदस्य बतास समूहकै रहेका छन् ।

सम्बन्धित समाचार

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग
प्रमुख समाचार

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित
प्रमुख समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक
अर्थ

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ
प्रमुख समाचार

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ
अपराध

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

चर्चित खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

बाढीपीडितका लागि गोरखा ब्रिगेड नेपाल पोखराको २४ लाख ३३ हजार सहयोग

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन