पोखरा, ८ भदौ । अहिले देश कोरोना महामारीको चपेटामा परेको छ । कोरोना महामारीको समयमा जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कास्कीले तपाईको मास्क खोई ? अभियान संचालन गरिरहेका छन् । जहाँ हुनेले सहयोग र नहुनेले मास्क पाउने गरेका छन् ।
कोरोना महामारीमा अग्र स्थानमा रहेर सुरक्षा र महामारीसंग जुध्दै काम गरिरहेको सुरक्षा निकायमा माया ब्रिटिस एजुकेशनले सहयोग गरिरहेको छ । एजुकेशनले आज जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा गरी १०० प्याकेट मास्क वितरण गरेको माया ब्रिटिस एजुकेशन प्रतिनिधि संजय सुवेदीले जानकारी दिए ।
संस्थाले लामो समयसम्म छुटेका वा अंक कम भएको तर, विदेश जान चाहने विद्यार्थीको सपना पुरा गर्दै आइरहेको छ । व्यवसायका साथ साथै सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गरेको उनले बताए । संस्थाले यस अघिपनि परिवर्तन नेपाललाई सहयोग गर्दै आएको र आगामी दिनमा समेत सामाजिक कार्यमा अग्रसर हुने उनले बताए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






















प्रतिक्रिया लेख्नुहोस्:-