पोखरा,२४ साउन । जापानको टोकियोमा जारी टोकियो ओलम्पिक २०२० आज सम्पन्न भएको छ ।

कुल ३४० स्वर्ण, ३३८ रजत र ४०२ कास्य गरी १०८० पदकका लागि प्रतिस्पर्धा भएको थियो । टोकियो ओलम्पिकमा नेपाल सहित ११२ राष्ट्र पदक विहिन रहे ।
ओलम्पिकमा २०६ राष्ट्रो सहभागिता रहेको थियो । अमेरिका ३९ स्वर्ण, ४१ रजत र ३३ कास्य सहित शीर्षस्थानमा रह्यो ।
चीन ३८ स्वर्ण, ३२ रजत, र १७ कास्य सहित दोस्रो र आयोजक जापान २७ स्वर्ण, १४ रजत र १७ कास्य सहित तेस्रो स्थानमा रह्यो ।
अब ३३ औँ संस्करणको ओलम्पिक फ्रान्सको पेरिसमा २०२४ मा हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-