एजेन्सी । अर्जेन्टिनी फरवार्ड एवम् बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले आसुँ झार्दै बार्सिलोबाट विदा भएका छन् ।
बार्सिलोनाले आयोजना गरेको विदाइ कार्यक्रममा सम्मानको ताली बज्दा मेस्सी भावुक हुदैँ आसुँ थाम्न सकेनन् ।
बार्सिलोनाबाटै भविष्य बनाएका मेस्सी आफ्नो इच्छा नहुँदा नहुँदै बार्सिलोना छाड्न बाध्य भएको बताएका छन् । उनले क्लब र आफूले पूर्ण तरिकाले प्रक्रिया मिलाउँदा समेत लिगको नियमले अब भने छुट्टिनुपरेको बताए ।
‘मैले र क्लबले यहिँ बस्न निकै प्रयास थालेका थिर्यौँ । जुन कुरा प्रष्ट थियो । हामी सबैको सहमति थियो । तर, नियमका कारण सम्भव हुन सकेन ।
चाहेको जस्तो हुन सकेन’ मेस्सीले भने । अघिल्लो सिजन क्लब छाड्ने चाहाना गरेका मेस्सी यो वर्ष भने क्लबमै बस्ने सबैको सोच थियो । तर ठय्याकै उल्टो हुन पुगेको उनको भनाइ थियो ।
‘गत सिजन म आफैँ छाड्न चाहान्थेँ, यसपटक मेरो बस्ने मन हुदाँ हुदैँपनि सम्भव हुन सकेन’ उनले थपे,‘बार्सिलोना मेरो अभिभावक हो । मेरो पूर्ण जीवननै यतै वित्यो । म फेरी यहिँ आउँनेछु ।’
उनले बार्सिलोना छाड्नु आफ्नो करिअरकै कठिन समय रहेको बताए । ‘मैले करिअरमा निकै कठिन समयको सामना गर्नुपर्यो । धेरै खराब नतिजाको सामना गरें, तर यो जस्तो अवस्था थिएन ।
अब मैले पुन: प्रशिक्षणमा फर्कनुपर्छ तर अवस्था निकै फरक हुनेछ । यो समय मेरो लागि निकै कठिन छ,’ उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-