नवलपुर, २४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले झ्यालवास–डेढगाउँ सडकलाई प्राथमिकतामा राखेको बताएका छन् ।

दक्षिणी नाका त्रिवेणी र उत्तरी नाका कोरला जोड्ने सडक प्रदेशकै लाइफलाइन भएकाले प्राथमिकतामा राखेर काम भइरहेको बताएका हुन् ।
गृहजिल्ला नवलपुर भ्रमणमा रहेका उनले शनिबार भएका कार्यक्रममा सहभागिता जनाउँदै पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताए ।
अहिले नवलपुरको पहाडी क्षेत्र बाढीपहिरो र तराई भेग भेलबाढी र नारायणीको कटानको चपेटामा परेको भन्दै मुख्यमन्त्री पोखरेलले तत्काल रोकथाम र राहतका कार्यक्रम सञ्चालन भइरहेको र दीर्घकालीन रोकथामका लागि समेत अध्ययन भइरहेको जानकारी गराए ।
नारायणी नदीको कटान रोकेर किनारामा पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने भएकाले यसका लागि निजी क्षेत्रले चासो दिनुपर्ने भनाइ राखे ।
स्थानीयका पीरमर्का बुझेका छन् । वन क्षेत्रमा ७ सय भन्दा बढी परिवार लामो समयसम्म बस्दै आएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-