वि.सं. २०७८ साल श्रावण १८ गते सोमबार, तदनुसार ई.सं. २०२१ अगस्त २ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार श्रावणकृष्णपक्षको नवमी तिथि पूर्वान्ह १०:१९ बजेसम्म, त्यसपछि दशमी रहनेछ ।
मेष : कुटुम्बको साथ सहयोग लिएर कार्य गर्दा सफल भइनेछ । स्वास्थ्य कमजोर बन्दा गर्दै गरेका काम कार्य पनि छाड्नु पर्नेछ । मन वेचैन रहनेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । चिन्ता, पीरले छाड्ने छैन ।
वृष : नयाँ तौर तरिकाको प्रयोगले गर्दा दैनिक काम कार्यमा समेत सहजताको अनुभव हुनेछ । स्वास्थ्य अवस्थामा सुधार हुनेछ । रोकिएका कार्यलाई अघि बढाउन सकिनेछ । आत्मकारक ग्रहको पूर्ण साथ मिलेको छ ।
मिथुन : खर्चभार बढ्दा आर्थिक तालमेल मिलाउन कठिन हुनेछ । धेरै दु:ख गर्दा पनि न्यून प्रतिफलमा नै चित्त बुझाउनु पर्नेछ । बोलिको गलत अर्थ लाग्न सक्छ, बोली बचनमा संयमता अपनाउनु पर्नेछ । संयम रहनुहोला ।
कर्कट : व्यवसायमा सोचे भन्दा बढी लाभ मिल्दा खुसीयाली छाउनेछ । नयाँ–नयाँ अवसरहरुले पछ्याउने छन् । आकस्मिक धनलाभको योग बनेको छ । व्यवहारिक पक्ष सबल रहनेछ । सुखसुविस्ता उपभोग गर्न पाइनेछ ।
सिंह : विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी मिल्नेछ । तपाईँको काम गर्ने कलाले गर्दा प्रशंसकहरु बढ्ने छन् । कर्म प्राप्तिको योग बनेको छ । धेरै व्यक्तिको विश्वासको पात्र बनिनेछ । नयाँ कार्यको प्रस्ताव समेत आउनेछ ।
कन्या : स्वास्थ्यमा सुधार हुनेछ । सद्विचारको उदय हुनेछ । व्यर्थको कार्यमा भूल्दा महत्वपूर्ण मौका फुत्कनेछ । नोकरीमा अपजस व्यहोर्नु परेता पनि व्यापार व्यवसायबाट भने सामान्यतया लाभकारी समय रहेको छ ।
तुला : झन्झटिला कार्य आइलाग्ने छन् । अरुका काम कार्यमा लाग्दा आफ्ना कार्यले भने विश्राम लिनेछन् । विना सोच विचार लगानि गर्दा धनरकम फस्नेछ । इच्छा शक्ति घट्नेछ । दैनिकीमा नै व्यस्थ रहनुहोला ।
बृश्चिक : काम गरेर चित्त बुझाउन सक्दा विशेष कार्यको नेतृत्व मिल्नेछ । आकर्षण शक्ति बढेर जानेछ । प्रेमीप्रेमीका बिचको सम्बन्ध सुमधुर बन्नेछ । प्रियजनसँगको रमाइलो भेटघाट होला । खुसीको खबर मिल्नेछ ।
धनु : मान्यजनको सरसल्लाह लिएर कार्य गर्दा सफल भइनेछ । सामान्य झन्झटको सामना गर्नु परेता पनि नतिजा तपाईँकै पोल्टामा पर्नेछ । धन संचय गर्न मन लाग्नेछ । प्रतिष्पर्धात्मक काम कार्यमा विजयी भइनेछ ।
मकर : परिवारजनको सल्लाहले अघि बढ्दा सहज हुनेछ । नयाँ कार्यको अवसर जुट्नेछ । सञ्चित धनरकम खर्च हुनेछ । असन्तोषी प्रवृत्ति रहनेछ । मान्यजनको आदारसत्कारमा कमी आउन नदिनुहोला ।
कुम्भ : अवसर हुँदाहुँदै पनि विकल्प रोज्नाले दु:खको सामना गर्नुपर्नेछ । कठोर बोलिका कारण आफन्तजनहरु टाढिने छन् । वैचारिक मतभेदका कारण विवादको स्थिति सृजना हुनेछ । मातृपक्षको सहयोगले कार्य गर्नुहोला ।
मीन : व्यवसायमा अपेक्षित लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । एकल प्रयासले नै महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा चासो रहनेछ । पराक्रम बढेर जानेछ ।





















प्रतिक्रिया लेख्नुहोस्:-