वि.सं. २०७८ साल श्रावण १७ गते आइतबार, तदनुसार ई.सं. २०२१ अगस्त १ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार श्रावणकृष्णपक्षको अष्टमी तिथि विहान ८:२५ बजेसम्म, त्यसपछि नवमी रहनेछ ।

मेष : व्यवसायबाट मनग्य नाफा कमाउन सकिनेछ । ठूला व्यक्तिको संगत गर्न पाइनेछ । आत्मबल आत्मविश्वास बढेर जानेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । पढाइमा रुचि बढ्नेछ ।
वृष : गोपनीयता बाहिरीँदा समस्यामा परिन सक्छ, सजक रहनु होला । शारीरिक आलस्यताले सताउनेछ । आम्दानी भन्दा खर्चभार बढी हुँदा आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । व्यर्थको कार्यमा समय वित्ने देखिन्छ ।
मिथुन : गरेका कार्य सफल बन्दा हर्ष बढ्नेछ । मांगलिक कार्यको निम्तो पाइनेछ । आय मूलक कार्यमा ध्यान जानेछ । नयाँ–नयाँ प्रस्तावहरु आउने छन् । अघिदेखि रोकिएका वित्तिय कारोवारलाई अघि बढाउन सकिनेछ ।
कर्कट : प्रशासनिक कार्य सजिलै बन्नेछन् । प्रतिक्षित नतिजामा सफलता मिल्नेछ । सहज वातावरण बन्नेछ । नोकरीमा प्रशंसा एवं नयाँ जिम्मेवारी थपिनेछ । मान्यजनको सहयोगले असंभव कार्य पनि सहज तवरले बन्नेछन् ।
सिंह : व्यवसायबाट अपेक्षित लाभ मिल्ने समय रहेको छ । सानातिना समस्यामा नआत्तिनु होला । बुद्धिमता ढंगले अघि बढ्दा सफल भइनेछ । आध्यात्मिक चिन्तन रहनेछ । परोपकारी कार्यमा सहभागी हुन पाउँदा खुसी लाग्नेछ ।
कन्या : कडा परिश्रमका बापजुध पनि न्यून उपलब्धिमा नै चित्त बुझाउनु पर्नेछ । पारिवारिक समस्याले गर्दा कार्य गर्ने वातावरण बन्नेछैन । अनावश्यक चिन्ता बढ्नेछ । क्षणिक फाइदालाई हेर्दा महत्वपूर्ण अवसर फुत्कनेछ ।
तुला : मानसिक शान्तिको अनुभव हुनेछ । आकर्षण शक्ति बढेर जानेछ । माया–प्रेमको बन्धन कसिलो बन्नेछ । अरु व्यक्तिलाई विश्वास दिलाउन सक्दा महत्वपूर्ण जिम्मेवारी पाइनेछ । काम गर्ने शैलीको प्रशंसा हुनेछ ।
बृश्चिक : शत्रू पक्ष कमजोर रहँदा कार्य गर्न सहज हुनेछ । दोधारेपनले गर्दा निर्णय लिन गाह्रो पर्न सक्छ, गुरुजन वा अग्रजको सहयोग लिनु होला । आर्थिक पक्षमा भने सुधारको संकेत देखिन्छ । नयाँ सिप सिकिनेछ ।
धनु : नजिकका व्यक्तिसँग मिष्ठान्न भोजनको योग बनेको छ । सोच्न सक्ने क्षमताको कदर हुनेछ । शैक्षिक क्षेत्रमा मन जानेछ । पारिवारिक सरसहयोगले कार्य गर्न सहज हुनेछ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ ।
मकर : विना तयारी कार्यमा लाग्दा अन्योलको वातावरण बन्नेछ । आफ्नै निर्णयले आँफैलाई समस्यामा पार्न सक्छ, सोचेर निर्णय लिनु होला । स्थानान्तरणको समस्याले सताउनेछ । घरायसी समस्या सृजना हुनेछ ।
कुम्भ : गरेका कार्यबाट दिगो रुपमा लाभ पाइनेछ । मन मिल्ने व्यक्तिसँगको आकस्मिक रमाइलो भेटघाट हुनेछ । सहयोगीहरुको उचित रुपमा साथ मिल्दा थालेका कार्यमा सफलता मिल्नेछ । आर्थिक लगानिको अवसर मिल्नेछ ।
मीन : बोलिकै भरमा ठूूूला कार्य बन्नेछन् । सान्दर्भिक कार्यको थालनिले गर्दा धेरै व्यक्तिको साथ सहयोग मिल्नेछ । घरमा नयाँ चहल पहल छाउनेछ । धन सञ्चय गर्न मन लाग्नेछ । विशिष्ट समारोहमा मानसम्मान मिल्नेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-