वि.सं. २०७८ साल श्रावण १४ गते बिहीबार, तदनुसार ई.सं. २०२१ जुलाई २९ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार श्रावणकृष्णपक्षको षष्ठी तिथि मध्यरात्रि पछि ५:३० बजेसम्म, त्यसपछि सप्तमी रहनेछ ।

मेष : संचित धन खर्च हुनेछ । अरुले गरेको कार्यको अपजस तपाईँलाई आउनेछ । गोपनीयता वाहिरिँदा समस्यामा परिनेछ । व्यर्थको कार्यमा समय वित्नेछ । हतारमा निर्णय नलिई अग्रजको सल्लाहमा कार्य गर्नुहोला ।
वृष : बन्दव्यापारबाट मनग्य नाफा कमाइनेछ । सहमतिद्वारा समस्यालाई सुल्झाइनेछ । समर्थकहरुको सर–सहयोग उचित रुपमा पाइनेछ । लामो समय देखि रोकिएका वित्तीय कारोवारलाई अघि बढाउन सकिनेछ ।
मिथुन : हर्षको खबर मिल्नेछ । शारीरिक स्फूर्ति कायमै रहला । अवसरहरुले पछ्याउने छन् । दिन उन्नतिकारक रहनेछ । गरेका काम कार्यबाट सन्तोष मिल्नेछ । व्यापार एवं पशुपानबाट मनग्य नाफा कमाइनेछ ।
कर्कट : विशिष्ट व्यक्तिसँग सहकार्य गर्न पाइने समय छ । कार्यशैली प्रभावकारी रहँदा नयाँ जिम्मेवारी मिल्नेछ । उत्साह उमंग छाउनेछ । सामाजिक कार्यमा विशेष चासो रहनेछ । कलात्मक कार्यमा मन रमाउनेछ ।
सिंह : बाध्यताका झन्झटिला काम कार्यमा जुट्नु पर्नेछ । अवसर हुँदाहुँदै विकल्प रोज्दा समस्यामा परिनेछ । आकस्मिक निर्णय लिँदा पछि पछुताउनु पर्ला, पूर्व तयारी गरेर कार्य गर्नुहोला ।स्वास्थ्य कमजोर बन्नेछ ।
कन्या : आँटेका कार्यहरु एकाएक पूरा हुँदा मन प्रफुल्लित बन्नेछ । उच्च ओहदाका व्यक्तिसँग मित्रता गाँसिनेछ । मन मिल्ने व्यक्तिसँगको आकस्मिक रमाइलो यात्रा हुनेछ । गरेका कार्यबाट आत्मसन्तोष मिल्ने मिल्नेछ ।
तुला : केही झन्झट आइलागेता पनि जीत तपाईँकै हुनेछ, नआत्तिनु होला । प्रयत्न गर्दा अपूरा कार्यलाई पूर्णता दिन सकिनेछ । परिश्रम अनुसारको प्रतिफल पाइनेछ । जिम्मेवारीको उचितरुपमा वहन गर्न सकिनेछ ।
बृश्चिक : सन्तानको उन्नतिमा रमाइनेछ । आफन्तजनसँग रमाइलो यात्रा हुनेछ । कलात्मक कार्यमा मन जानेछ । प्रतिक्षित नतिजा राम्रो आउँदा प्रफुल्लित भइनेछ । शैक्षिक क्षेत्रमा विशेष उन्नति प्रगति हुने देखिन्छ ।
धनु : धेरै परिश्रम गर्दा पनि जसमिल्ने छैन । नजिकका व्यक्तिसँगनै वादविवाद हुनेछ । सरसामान हराउने वा चोरी हुने संभावना रहेको छ, सतर्क रहनुहोला । अरुको लहैलहैमा हचुवाको भरमा लगानि गर्दा रकम डुब्नेछ ।
मकर : बन्धुवान्धवको सहयोगले कार्य बन्नेछन् । श्रम मार्गमा लाग्ने व्यक्तिहरुका लागि नविन संभावना मिल्नेछ । व्यक्तित्व विकासको समय रहको छ । व्यवसायमा सामान्य लगानिबाट नै अनपेक्षित लाभ मिल्ने देखिन्छ ।
कुम्भ : सामान्य कार्यमा भुल्ने समय छैन, नविन योजना बनाएर अघि बढ्नुहोला । विहानी पख दोधारमा निर्णय लिन नसकेता पनि पुनश्च अवसर मिल्नेछ । आकस्मिक धन लाभको योग बनेको छ । खुसीयालीपन छाउनेछ ।
मीन : गरेको लगानीबाट दिगो रुपमा फाइदा मिल्नेछ । ठूला व्यक्तिको विश्वासको पात्र बनिनेछ । सकारात्मक सोच विचार रहनेछ । विशेष समारोहमा अतिथिको सत्कार मिल्नेछ । अलमलमा नपरी कार्यमा लाग्नुहोला ।
प्रतिक्रिया लेख्नुहोस्:-