पोखरा, १० साउन । पोखरामा छुट्टाछुट्टै दुर्घनामा परी २ जनाले ज्यान गुमाएका छन् भने ३ जना घाइते भएका छन् ।

पोखरा २६ बुढीबजारमा ग१च ९२४५ नम्बरको भेन र ग२१प १२५० नम्बरको मोटरसाइकल एकआसपमा ठोक्किदा मोटरसाइकल चालक दोलखा माली गाउँपालिकाका २३ वर्षीय विनोद खत्रीको मृत्यु भएको हो ।
गम्भिर घााइते भएका उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
मोटरसाइकलमा सवार अर्का व्यक्ति र भेनमा सवार २ जना घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै उपचार भइरहेको छ । घाइते मध्ये एकको अवस्था भने गम्भिर रहेको छ ।
यस्तै पोखरा २५ हेम्जामा ग१त नम्बरको ट्याक्टर ढु®ामा ठोक्किदा तनहुँ शुक्लगण्डकी घरभइ बाटुलेचौर बस्दै आएका २३ वर्षीय सोमबहादुर कुमालको मृत्यु भएको छ ।
गम्भिर घाइते उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-