तनहुँ १० साउन । तनहुँमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

१९ वर्षीया किशोरीलाइ ५ जनाको सहूले जबरजस्ती करणी गरेको भन्ने उजूरीको आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेपनि अन्य ३ जना भने फरार रहेको प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
भानु नगरपालिका ३ चाम्बासका २४ वर्षीय अशोक गुरुङ सहित १ जनालाइ पक्राउ गरेको हो । फरार रहेका ३ जनाको खोजी हुनुका साथै थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-