पोखरा ३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिदैँ ।
केपी शर्मा ओलीले पाचँ वर्षमा दुई पटक सांसद विघटन गरेको दुर्लभ इतिहास भएको बताए । दुई तिहाई प्रधानमन्त्रीले सांसद विघटन गरेर देशलाई दुर्घटनामा पु¥याएको पहिलो घटना भएको बताए ।
देशमा दुरदर्शा हुने भएको भए आफुले एकताको प्रस्ताव नराख्ने बताए । अस्वभाविक किसिमका घटना भएको बताए । प्रधानमन्त्री नियुक्तिको क्रममा प्रयोग भएको भाषा उपयुक्त नभएको बताए ।
शान्ति प्रक्रियामा आउने प्रधानमन्त्री र जाने प्रधानमन्त्री एकै ठाउँमा हुने भएपनि अहिले त्यसतो नदेखिएको उनले बताए ।
निवर्तमान प्रधानमन्त्रीकालागि त्यो सामान्य कुरा भएको बताउँदै नैतिकता नभएको आरोप लगाए ।
पहिलो बैठकमा पूवृ प्रधानमन्त्रीको हैसियतमा बोल्ने सोचेको र देशले समेत रोष्टमबाट केहि बोल्ने सोचेपनि लोकतान्त्रिक संस्कार हो की अलोकतान्त्रिक हो बुझ्न नसकिएको उनले बताए ।
‘अघि प्रितिपक्षीको तर्फबाट मान्य सदस्यले जे जति कुरा राख्नु भयो । हामी त्यही पार्टीको नेतृत्वमा नबसेको हुन्थ्यौ भने त ।
हामी केपी ओलीजीको अहंकार, दम्भ र अत्याचारको जातोमा नपिसिएका हुन्थ्यौ भनेत वहाँले भनेको अलि अलि हो कि भन्न पनि सकिन्थ्यो ।
मनगतवाद, अहकंकारवाद विकृतवाद चरममहत्वकाक्षं, छलकपट जालझेल, भन्ने एउटा गर्ने अर्को त्यसको साक्षि हामी हुने थिएनौ भने त यो देशमा वहाँले उल्टापाल्टा कुरा गरेर हुदैँन हामी जिउँदै छाँै’ उनले भने । उनले ओली लोकतन्त्र विरोधी भएको आरोप लगाए ।

प्रतिक्रिया लेख्नुहोस्:-