पोखरा ३ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा आज विश्वासको मत लिने तयारी गरेका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री बनेका कांग्रेस सभापति एवम् संसदीय दलका नेता देउवाले १ महिनाभित्र विश्वासको मत लिन पाउने संवैधानिक व्यवस्था अनुसारनै विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिन १३६ समर्थन आवश्यक पर्दछ । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद रहेका छन् । जसमध्ये ६१ सांसद्ले मत दिन पाउनेछन् । २ सांसद निलम्वित छन् । माओवादी केन्द्रको ४९ सांसद् छन् ।
माओवादीका ५३ रहेपनि ४ सांसद् वर्खास्तमा परेका कारण ४९ मात्र रहेका हुन् । जनता समाजवादी पार्टीका (जसपा) १२ सांसद्ले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए ।
जसपाका ३४ मध्ये उपेन्द्र यादवको पक्षमा १७ सांसद् उभिदा देउवाको मत बढेको देखिन्छ । राष्ट्रिय जनमोर्चाकी एक सांसद् पनि देउवाको गठबन्धनमा रहेकी छिन् ।
यी सबै जोड्दा देउवाको पक्षमा १२८ मत पुग्छ । उता नेकपा एमाले माधव कुमार नेपाल २३ सांसद् रहेका छन् । जसमध्ये ८ सांसद्ले देउवाको पक्षमा मत दिए प्रधामन्त्री पक्का हुनेछन ।
ओलीको पक्षमा भने ९८ सांसद् रहेका छन् । प्रतिनिधिसभामा कुल सांसद २७१ जना रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-