दैलेख १ साउन । दैलेखको नारायण नगरपालिका ११ टाटामकु डाँडा टोलमा श्रीमानलाई मुडा प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमती पक्राउ गरेको छ ।
३२ वर्षीय सुसिला मल्लले ३५ वर्षीय खगेन्द्र मल्लको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । सुसिलाले बिहिवार राती किला ठोक्ने मुडाले टाउकोमा प्रहार गरेको प्रहरीले जानकारी दियो ।
श्रीमतीको प्रहारबाट गम्भीर घाइते भएका खगेन्द्रलाई उपचारका लागि अस्पताल लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-