वि.सं. २०७८ साल आषाढ १६ गते बुधबार, तदनुसार ई.सं. २०२१ जुन ३० तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यउत्तरायण, ग्रीष्मऋतु, चान्द्रमान अनुसार आषाढकृष्णपक्षको षष्ठी तिथि वेलुका ४ः५८ बजेसम्म, त्यसपछि सप्तमी रहनेछ ।

- मेष – काम गर्ने कलाको प्रशंसा हुनेछ । मानसिक क्षमताको विकास हुनेछ । व्यवसाय फस्टाउनेछ । काम गरेर विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी मिल्नेछ । वेलुकी पख कार्यमा केही तनाब बढ्ने देखिन्छ ।
- वृष – स्वास्थ्यमा सुधार हुनेछ । बोलिकै भरमा ठूला कार्य बन्नेछन् । नयाँ ज्ञान तथा सिप सिक्ने अवसर मिल्नेछ । इमान्दारिताको कदर हुनेछ । विशिष्ट व्यक्तिसँग सम्पर्क रहनेछ । सामाजिक प्रतिष्ठा बढेर जानेछ ।
- मिथुन – पारिवारिक समस्या हल भएर जानेछ । कल्याणकारी कार्यमा सहभागी हने मौका मिल्नेछ । सकारात्मक सोच विचारको उदय हुनेछ । कडा परिश्रम गर्नु परेता पनि सही मूल्यांकन मिल्दा खुसी लाग्नेछ ।
- कर्कट – ज्यादा परिश्रम गरेपछि मात्र कार्य बन्नेछन् । शारीरिक सिथिलताले सताउनेछ । अल्छि गर्ने बानीले गर्दा विशेष अवसर फत्कन सक्छ, जागरुक भएर कार्य गर्नुहोला । साँझ पख आकस्मिक लाभ होला ।
- सिंह – श्रीङ्गारिक कार्यमा मन जानेछ । नयाँ कार्यको थालनि गर्ने सोचमा हुनुहुन्छ भने समय शुभ रहेको छ । नेतृत्वदायी कार्यको जिम्मेवारी पाइनेछ । विपरीत लिंगीको साथ समर्थन मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ ।
- कन्या – बन्दव्यापार एवं श्रम मार्गमा लाग्ने व्यक्तिहरुका लागि विशेष लाभकारक समय रहेको छ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । शत्रू पक्ष कमजोर बन्नेछन् । हिम्मत बढ्नेछ ।
- तुला – आफन्तजनसँग टाढिएको सम्बन्धमा सुधार हुनेछ । मिष्ठान्न भोजनको योग बनेको छ । आत्मबल आत्मविश्वास थपिनेछ । शैक्षिक क्षेत्रमा उन्नति नै हुनेछ । आर्थिक पक्ष समेत बलियो रहनेछ । हर्ष बढ्नेछ ।
- बृश्चिक – पारिवारिक समस्याले गर्दा काम गर्ने वातावरण बन्ने छैन । जिम्मा लिएका कार्य समयमै पूर्ण गर्न नसक्दा भनाइ खानु पर्नेछ । साँझ पख विशेष अवसर मिल्नेछ । स्वास्थ्यमा समेत सुधारको संकेत देखिन्छ ।
- धनु – सहोदरका साथीभाइको सहयोगले गर्दा नयाँ कार्यको थालनि गरिनेछ । व्यवसायमा सोचे अनुरुप लाभ मिल्दा खुसी लाग्ने छ । नयाँ मित्र बनाइनेछ । छोटो रमाइलो यात्राको संभावना समेत बलियो रहेको छ ।
- मकर – धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । मन मिल्ने व्यक्तिसँगको रमाइलो यात्रा नहोला भन्न सकिन्न । धन संचय गर्न मन लाग्नेछ । सानातिना समस्या देखा परेता पनि दृढताका साथ लाग्दा सफल भइनेछ ।
- कुम्भ – बोलि वचनमा मिठासता आउनेछ । ठूला व्यक्तिसँग सहकार्य गर्न पाइनेछ । प्रेम भाव जाग्नेछ । व्यक्तित्व विकासको समय रहेको छ । सामान्य प्रयासले नै कार्य बन्नेछन् । आकस्मिक धन लाभ हुनेछ ।
- मीन – आफ्नै कारणले गर्दा आर्थिक नोक्सानी व्यहोर्नु पर्नेछ । अरु दिनको तुलनामा शैक्षिक क्षेत्रमा नतिजा गीरावट आउने देखिन्छ । नकारात्मक व्यक्तिको संगतले गर्दा समस्यामा परिन सक्छ, सतर्क रहनु होला ।
प्रतिक्रिया लेख्नुहोस्:-