धादिङ १५ असार । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित चरौँदी ज्यामिरे घाटबाट त्रिशुलीमा ट्रक खस्दा एक सवारी चालक बेपत्ता भएका छन्।

वीरगञ्जबाट काठमाडौंकालागि छुटेको ना ३ ख ८०७४ नम्वरको ट्रक मंगलबार विहान त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । ट्रकमा सवार चालक बाहेक अरु थिए थिएनन यकिन भएको छैन । ट्रकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-