२०७९ असार २०, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोभिड प्रभावित व्यवसायी उकास्न गण्डकीमा जीवन रक्षा कोष निरन्तर

गण्डकी प्रेस
असार १५, २०७८ १२:१५ मा प्रकाशित
अर्थ, प्रमुख समाचार, समाचार, समाज
कोभिड प्रभावित व्यवसायी उकास्न गण्डकीमा जीवन रक्षा कोष निरन्तर
38
SHARES
Share on FacebookShare on Twitter

पोखरा १५ असार । गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कोषलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउने भएको छ । कोभिडबाट प्रभावित भएका साना तथा मझौला व्यवासायीलाई लक्ष्य गरी सरकारले चालु आर्थिक वर्षको बजेटमा १ अर्बको कोष स्थापना गरेको थियो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नीति तथा कार्यक्रममा यो कोषलाई निरन्तरता दिइने गरी प्रतिबद्धता आइसकको बताए । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशकसहित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा सोमबार उनले भने,‘प्रदेशभित्रका साना तथा मझौला व्यवसायी जो कोभिडबाट प्रभावित भएका छन्, उनीहरुको राहतका लागि यो कार्यक्रम आएको हो, यसले ३ वर्षसम्म निरन्तरता पाउँछ
मुख्यमन्त्री पोखरेलले परम्परागत रुपमा ऋण लिने तरिकामा परिमार्जन गरी सहज बनाउन समेत उनले आग्रह गरे । ससना व्यवसायीलाई लक्ष्य गरिएको कार्यक्रम भएकाले त्यसै अनुसार प्रोत्साहन गर्न गर्न उनले बैंक तथा वित्तीय संस्थालाई निर्देशन समेत दिए ।
निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले प्रदेश सरकारले १ अर्ब लगानी गर्दा बैंक तथा वित्तीय संस्थाहरुबाट ८ अर्बको हाराहारीमा लगानी हुने भएकाले यो कार्यक्रम निकै प्रभावकारी रहेको बताए । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयकी सचिव इन्दु घिमिरेले विषयवस्तुका बारेमा जानकारी गराएकी थिइन् ।
नेपाल राष्ट्र बैंक पोखरा कार्यालय निर्देशक ईश्वरीप्रसाद भट्टराईले सुरुमा कार्यविधिका कारण केही असहज भए पनि अहिले भने प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन भएको बताए । उनले यो कार्यक्रमका लागि ६ हजार ७ सय ७८ निवेदन परेको र ७ अर्ब ६६ करोड माग भएको जानकारी दिए । उनका अनुसार त्यसमध्ये ४ अर्ब ५४ करोडका लागि पूर्व सहमति प्राप्त भइसकेको छ । उनले भने, ‘अहिलेकै अवस्थामा वार्षिक ६० करोड व्याजमा खर्च हुन्छ र सरकारले छुट्याएको रकमले अहिलेको अवस्थामा डेढ वर्षलाई पुग्छ ।
कोभिड १९ ले पर्यटन, यातायात, कृषि उत्पादन, तथा सेवा क्षेत्रमा परेको प्रभाव कम गर्न सरकारले जीवन रक्षा कोष सञ्चालनमा ल्याएको हो । यसका लागि ४ शीर्षक बनाएर कर्जा प्रवाह गरिएको छ । न्यूनतम ५० हजार देखि १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने र त्यसको ब्याज प्रदेश सरकारले बेहोर्ने गरी कार्यविधि बनाइएको छ । कर्जाको अधिकतम अवधि ३ वर्ष तोकिएको छ ।
राष्ट्र बैंकका निर्देशक भट्टराईले कर्जाका लागि सानो अंक माग गर्नेलाई प्राथमिकमा राखिए पनि अधिकतम अंक माग गर्ने धेरै रहेको बताए । कुल कर्जाको ५० प्रतिशत अर्थात् ५ लाखसम्म माग गर्नेलाई प्रदान गर्ने प्राथमिकता राखिएको उनको भनाइ थियो । बीचको अवधिमा निषेधाज्ञा जारी भएकाले बैंक तथा वित्तीय संस्थाको काम समेत प्रभावित भएकाले यो कार्यक्रममा पनि असर परेरको बैंकरहरुले बताएका छन् । निषेधाज्ञा पनि खुलेको र अब मालपोत कार्यालय खुलेकाले कर्जा प्रवाहको काम प्रभावकारी रुपमा हुने विश्वास उनीहरुको छ ।
एनआइसी एसिया प्रदेश कार्यालय प्रमुख दीपेन्द्र शर्माले बैंककोे तर्फबाट सरकारलाई सकारात्मक सहयोग नै रहने प्रतिबद्धता जनाए । उनले भने, ‘लकडाउने हामीलाई पनि प्रभावित बनायो । ५० प्रतिशत कर्मचारीबाट काम गराउँदा यो कार्यक्रम स्वभाविक रुपमा प्राथमिकतामा परेको छैन । तर पनि काम भइरहेको छ ।’
राष्ट्र बैंकका निर्देशक भट्टराईले संघ सरकारले लागु गरेको पुनर्कर्जा पनि राम्रैसँग प्रवाह भएको बताए । पोखराको पर्यटन क्षेत्रमा पुनर्कर्जा गर्न भने समस्या रहेको उनको भनाइ थियो । उनले भने, ‘पर्यटकीय राजधानी पोखरामा बैंक तथा वित्तीय संस्थाको कर्जा लागनी १७ अर्बमात्र देखिएको छ । व्यवसायका नाममा भन्दा व्यक्तिगत कर्जा बढी देखिन्छ । त्यसको असर पुनर्कर्जामा देखिन्छ ।’ तै पनि यो वर्षमात्रै गण्डकी प्रदेशमा १३ अर्ब पुनर्कर्जा गएको छ । मुलुकभरको १ सय २३ अर्बमध्ये यो रकम निकै उत्साहजनक हो ।

सम्बन्धित समाचार

६ सयबढी डोज कोरोना खोप चोरी
प्रमुख समाचार

५३ जनामा कोरोना संक्रमण पुष्टि

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ
प्रमुख समाचार

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने
खेलकुद

प्रदीप, बुद्ध र बिधान मध्ये को होला सर्वोत्कृष्ट ?

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा
प्रमुख समाचार

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा
अपराध

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

६ सयबढी डोज कोरोना खोप चोरी

५३ जनामा कोरोना संक्रमण पुष्टि

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

प्रदीप, बुद्ध र बिधान मध्ये को होला सर्वोत्कृष्ट ?

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

चर्चित खबरहरु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

नेपाली सेना र अमेरिकन सेनाको संयुक्त अभ्यास रोक्न माओवादीको माग

नेपाली सेना र अमेरिकन सेनाको संयुक्त अभ्यास रोक्न माओवादीको माग

राप्रपाबाट मेयरमा शंकर, उपमेयरमा रन्जना सर्वसम्मत चयन

राप्रपाबाट मेयरमा शंकर, उपमेयरमा रन्जना सर्वसम्मत चयन

व्यवसायी घरनाका किरण के.सीको पोखराको मेयरमा चर्चा