पोखरा । कास्की क्षेत्र नं. ३ (१) अन्र्तगत नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङले धम्पुसवासीले आफूलाई माटोको नाताले पनि मत दिनेमा विश्वस्त रहेको बताएका छन् ।
चुनावी घरदैलोका क्रममा शनिवार गृह वडा माछापुच्छे« ७ धम्पुसमा भएका विभिन्न कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले त्यस्तो बताएका हुन् ।
‘मैले तरुल खनेको वन यही हो, म हुर्केको ठाँउ यहि हो, यहाँ मेरो रगत, माटो तथा भुगोलको सम्बन्ध छ, यो धम्पुस मेरो प्राण भन्दा पनि प्यारो छ ।’ उनले भने – ‘मेरो जीतका लागि धम्पुसवासी सबै पार्टीभन्दा माथि उठी स्थानियका नाताले मत दिनुहुन्छ भन्ने विश्वासमा छु । र, मलाई अत्याधिक बहुमतले विजय गराउनुहुनेछ भन्नेमा पूर्ण आशावादी छु ।’
आफूले धम्पुसमा पर्यटन, जल, जमिन, जडिबुटी लगायतको समुचित प्रयोग गरी विकास गर्ने पनि उनले स्पष्ट पारे । आफ्नो उम्मेदवारी भनेको आम धम्पुसवासीको हो भनेर बुझिदिन पनि उनको आग्रह छ ।
चुनाव जिते पनि हारे पनि खानीगाउँमा पानीको सहजता तथा खेल मैदान निर्माण, कोत्लेदेखि ल्वाङ र घान्द्रुक जोड्ने सडक स्तरउन्नती लगायतका विकासमा आफ्नो पहल रहने उम्मेदवार गुरुङले स्पष्ट पारे । ‘केही नागरिकहरुले स्वःस्फुर्त रुपमा गणेशमान् जिताऊ अभियान सुरु गरिसक्नुभएको छ, म त्यसमा होमिन आम धम्पुसवासी समक्ष आग्रह गर्दछु ।’ गुरुङले भने ।
एमाले पोलिटव्यूरो सदस्य सीता गिरी वलीले नेपालको समृद्धि लागि एमालेलाई भोट दिनुको विकल्प नभएको बताइन् । धम्पुवासी समक्ष उनले भनिन्–‘धम्पुस पर्यटकीय गाउँ हो, त्यहाँको विकासका लागि पर्यटन चिनेको धम्पुसकै छोरा चुनावी मैदान होमिएको छ, त्यसैले उक्त उम्मेदवारले अत्याधिक मत पाउनु पर्दछ भन्ने हो ।’
कोणसभामा एमाले प्रदेश सदस्य लालबहादुर परियार, वामपन्थी बुद्धिजिवी पूर्ण गिरी, गणेशमान् जिताऊ अभियानका प्रेम सुनार, एमालेका स्थानीय नेताहरु सम गुरुङ, अमर गुरुङ, गोविन्द भण्डारी, यमबहादुर गुरुङ, चन्द्रबहादुर विक, कुलप्रसाद भण्डारी, हरिप्रसाद विक, स्थानीयहरु कृष्ण विक, थमन विक लगायतले पनि धारणा राखे ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






























प्रतिक्रिया लेख्नुहोस्:-