२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मेयर आचार्यद्वारा पोखरा १५ मा शहरी स्वास्थ्य सेवा केन्द्रको उद्घाटन,पोखरा भित्रका सार्वजनिक जग्गाको खोजी गरिने

गण्डकी प्रेस
अशोज १३, २०७९ १८:५४ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
मेयर आचार्यद्वारा पोखरा १५ मा शहरी स्वास्थ्य सेवा केन्द्रको उद्घाटन,पोखरा भित्रका सार्वजनिक जग्गाको खोजी गरिने
10
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ को वडा कार्यालय परिसरमा सहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ। पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा अन्तर्गतको उक्त स्वास्थ्य केन्द्रको बिहीबार महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन्।

उद्घाटनपछि आयोजित चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका आचार्यले जसरी दसैँलाई सत्यको विजय र असत्यको पराजयको प्रतीकको रूपमा लिइन्छ, त्यसरी नै हामीले पनि समाज भित्र रहेका सबै खालका नकारात्मक बिम्बहरूलाई परास्त गर्दै राम्रो र स्वस्थ ऊर्जा लिएर अगाडि बढ्ने तथा एक आपसमा अपनत्व र मेलमिलापको भावनालाई लिएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

उनले आज नेपाली समाज स(साना विषयमा विभाजित बन्दै गइरहेको र वर्ष भरी मिलेर बसिरहेको समाजमा निर्वाचन नजिकिन थालेपछि दूरी बढ्ने गरेको भन्दै आ(आफ्नो आस्थालाई निर्वाचनमा प्रकट गरेर समग्र विकास निर्माणको सवालमा कोही पनि मुखरित हुन नहुनेमा जोड दिए।

मेयर आचार्यले यस भन्दा अगाडि वडाहरूलाई वर्ष भरिमा जम्मा ४०(४१ लाख मात्र बजेट पठाउने गरेको महानगरपालिकाको आफ्नै इतिहासमा रहेकोमा यस पटक त्यसलाई परिमार्जित गरेर प्रत्येक वडालाई ५ करोडको हाराहारीमा महानगरको बजेट छुटाइएको बताए। उनले निर्वाचित भएर आए लगत्तै छोटो समयमा बजेट बनाउनुपर्ने बाध्यता रहेकाले सबैसँग बसेर आवश्यकताको पहिचान गरी ुप्रोजेक्ट बैङ्कु बनाएर अगाडि बढ्ने अनुकूलता नभएपनि सबैको आवश्यकता बुझेर बजेटमा समेट्ने प्रयास गरेको दाबी गरे। उनले अगाडि भने स् ूबजेटमा यो वर्ष धेरै पाउनुपर्नेले कम प्राथमिकता पाएको र कम पाउनुपर्नेले धेरै पाएको पनि हुनसक्छ, तर, अर्को वर्ष सबैको राय सल्लाह लिएर आवश्यकता हेरी कार्यक्रमलाई अगाडि बढाउनेछौँ।ू मेयर आचार्यले अघिल्लो वर्षको क्रमागतमा रहेका र अगाडि बढ्दै गरेका योजनाहरूलाई निरन्तरता दिइएको जनाए।

आचार्यले पोखरा भित्र धेरै सार्वजनिक जग्गाहरू रहेको र यो वा त्यो ढङ्गले अतिक्रमित रहेको भन्दै अब जो जसले सार्वजनिक जग्गा प्रयोग गरेका छन् सबैले अहिलेसम्म प्रयोग गर्‍यौँ, ुअब के गर्ने हो गर्नुस्ु भनेर जग्गा छाडिदिन अनुरोध गरे।
अनुरोध गर्दा पनि नछाडे महानगर आफैले तारबार लगाउने बताए।
पोखरा महानगर अहिले पोखरा भित्रको सार्वजनिक जग्गा कति छ भनेर खोजी गर्न ुटाक्स फोर्सु नै बनाएर अघि बढेकाले पोखरा (१५ पनि धेरै सार्वजनिक जग्गा भएको वडा भएकाले त्यस्ता जग्गा बल प्रयोग गर्नु पूर्व छोड्न आग्रह गरे।

यस्तै, पोखरा (१५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले हिजो निर्वाचनमा कुनै दल विशेषको उम्मेदवार भएपनि निर्वाचित भइसकेपछि अबको ५ वर्ष सबैको साझा जनप्रतिनिधि भएर काम गर्ने अभिलासा लिएको बताए। उनले उमेरका हिसाबले आफूहरु सानो भएको भन्दै यस वडालाई नेतृत्व गर्ने हिजोका अग्रजहरू धेरै अनुभवी, बुद्धिजीवी र धेरै समय समाज सेवामा बिताएका व्यक्तित्वहरू भएकाले काम गर्ने क्रममा कहीँ कतै त्रुटि भए सुझाव तथा मार्ग निर्देशन गर्न आग्रह गरे। उनले अग्रजहरूबाट पाएको सुझावलाई मनन गर्दै ुहाम्रो वडा, राम्रो वडा, समुन्नत नागरिकहरू बसेको वडा र सबैले अपनत्व गर्ने स्थानीय सरकारको अनुभूति गर्ने वडा बनाउन चाहेको बताए।

अध्यक्ष बानियाँले पूर्वाधारलाई मात्र अगाडि बढाएर मानवीय विकास नहुने भन्दै गरिबको झुपडीमा आर्थिक अभावले गर्दा कुनै बच्चा शिक्षाको उज्यालो घामबाट वञ्चित भयो अथवा दैनिक मजदुर गरेर खाने कोही गरिब बिरामी हुँदा औषधी उपचार गर्ने पैसा पाएन भने उसले स्थानीय सरकारको अनुभूति गर्न नसक्ने बताए।
उनले नागरिक स्वस्थ भए भने मात्र समाज राम्रो हुने र समाजका लागि योगदान दिन सक्ने भन्दै अहिलेको बजेटमा शिक्षा, स्वास्थ्य, युवा स्वरोजगार तथा महिला सशक्तीकरण र तालिमका विषयलाई प्राथमिकता दिइएको दाबी गरे।

बानियाँले यसै वर्ष वडामा रहेका विपन्न तथा मजदुर ५० जना बढीलाई निःशुल्क औषधी उपचार र स्वास्थ्य बिमाका लागि बजेट छुटाइएको र वडा नं (१५ मा आर्थिक अभावका कारण विद्यालय जान नपाइरहेकालाई वडाको सम्पर्कमा ल्याउन आग्रह गर्दै त्यस्ता विद्यार्थीका लागि १० कक्षा सम्म निःशुल्क पढाउने ग्यारेन्टी गरे।
उनले पोखरा महानगरबाट झन्डै ११ करोड र प्रदेश सरकारबाट पनि २ करोड बढी बजेट प्राप्त भएको भन्दै यसपालिको बजेटमा समयाभावका कारण वडावासीसँग छलफल गर्न नपाएपनि आगामी बजेटमा प्रत्येक टोल र संघ सँस्थाहरु सँग बसेर छलफल गरेर र आवश्यकताको पहिचान गरेर बजेट निर्माण गर्ने बताए।

कार्यक्रममा कार्यपालिका सदस्य मन्दिरा परियारले अबको ५ वर्ष कुनै दल र पार्टी नभनी स्वतन्त्र पूर्वक समाज निर्माणका लागि अगाडि बताइन्।

यस्तै, सहरी स्वास्थ्य प्रमुख कृष्ण बास्तोलाले वडावासीलाई स्वास्थ्य केन्द्रबाट उपलब्ध सेवाको लाभ लिन आग्रह गरे। उनले केन्द्रबाट परिवार नियोजन, खोप, ओपिडी, ड्रेसिङ, लगायतका सेवा दिने जानकारी दिए।

कार्यक्रममा वडाका पूर्व अध्यक्षहरू, राजनीतिक व्यक्तित्व, सुरक्षा निकायका प्रमुख, समाजसेवी, शिक्षक तथा टोल विकास समिति लगायत आमा समूहका प्रतिनिधिको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद