२०८३ जेष्ठ १२, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

किकबक्सिङ्गमा नेपाललाई ६ स्वर्ण

गण्डकी प्रेस
भदौ ९, २०७९ १८:४१ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
किकबक्सिङ्गमा नेपाललाई ६ स्वर्ण
18
SHARES
Share on FacebookShare on Twitter

भुटानमा भएको पाँचौं दक्षिण एशियन किकबक्सिङ्ग च्याम्पियनसिपमा नेपाललाई ६ स्वर्ण प्राप्त भएको छ । टोली नेता सो क्योकुशिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सिवानी श्रेष्ठले खुला तौल समूहमा फाईनलमा भुटानकी खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले सम्पूर्ण महिला तर्फ उत्कृष्ट खेलाडीको उपाधी समेत हात पार्न सफल भएकी छिन् ।
यहि मिति २०७९ भाद्र ४ र ५ गते भएको च्याम्पियनसिपमा ५४ केजी तौलमा स्वर्ण हात पारेका कविन देशारले सम्पूर्ण पुरुष तर्फ उत्कृष्ट खेलाडीको उपाधी समेत जिते । यसै गरि ६० केजी तौलमा स्वर्ण हात पारेका भुवन हायुले च्याम्पियनसिपको अनुशासित खेलाडीको ट्रफी समेत जिते ।
स्वर्ण जितेर नेपाल शान र नाम उच्च राख्न सफल अन्य खेलाडीहरुमा ६२ केजी तौलमा मुकेश लुईटेल, ६४ केजी तौलमा जय राम ब्लोन र ७२ केजी तौलमा दलबहादुर घले रहेका छन् ।
भुटानको फुएनसोलिगमा भएको च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेशन र ईन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा भएको थियो । उक्त च्याम्पियनसिपमा सहभागी भएका ६ जनै खेलाडीले स्वर्ण हात पारेका थिए । यस्तै आयोजकले नेपाललाई सम्मान गर्दै संघका अध्यक्ष राजकुमार श्रेष्ठलाई प्रमुख अतिथीको आतिथ्यता प्रदान गरेको थियो । भुटान गएको टोलीमा प्रशिक्षकमा जगत धामी र टिम ब्यवस्थापकमा कसि कुमारी क्षेत्री रहेका थिए ।

२५ औं खुल्ला पौडी प्रतियोगिता हुने
गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै नेपाल पौडी संघले २५ औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ ।
अशोज ६ देखि ८ गते सम्म आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुला गरि दुई समूहमा प्रतिस्पर्धा गर्न लागिएको संघले जनाएको छ । जसमा उमेर समूह तर्फ छात्र र छात्राको फ्रिस्टायल, ब्रेष्ट स्ट्रोक, ब्याक स्ट्रोक र बटरप्mलाई चार विधामा यु–१०, यु–१२, यु–१४ र यु–१७ गरि ३२ र खुल्ला महिला तथा पुरुष २०० ईन्डिभिजुअल मिड्ले, ४००, २००, १०० र ५० मिटर फ्रिस्टायल, २००, १०० र ५० ब्रेष्ट, ब्याक र बटरफ्लाई, ४ गुणा १०० मिटर फ्रिस्टायल रिले ९टिम मात्र०, ४ गुणा १०० मिटर ईन्डिभिडुअल मिड्ले ९टिम मात्र० गरि ३२ स्वर्ण सहित कुल ६४ पदकका लागि प्रतिस्पर्धा हुने छ ।
नवौं राष्ट्रिय प्रतियोगितामा सहभागी हुने ११ टोलीका खेलाडीहरुको क्षमता अभिबृद्धि गरि उत्कृष्ट नतिजा प्राप्त गर्न यस प्रतियोगिताले सहयोग पुग्ने बिश्वास गरिएको छ । प्रतियोगिता नवौंको तयारीको रुपमा समेत लिईएको छ ।

सम्बन्धित समाचार

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम
अर्थ

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा
प्रमुख समाचार

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ
अपराध

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ
अपराध

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको आदेश

चर्चित खबरहरु

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बगर भाई खलकले पूर्व राष्ट्रिय खेलाडी तथा शिक्षाविद महेश गुरुङलाई सम्मान गर्ने

बगर भाई खलकले पूर्व राष्ट्रिय खेलाडी तथा शिक्षाविद महेश गुरुङलाई सम्मान गर्ने

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

खोप लगायौँ संक्रमण कम भयो भनेर नसोचौँ स्वास्थ्य मापदण्ड पालना गर्न पर्छ

खोप लगायौँ संक्रमण कम भयो भनेर नसोचौँ स्वास्थ्य मापदण्ड पालना गर्न पर्छ