२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रदीप, बुद्ध र बिधान मध्ये को होला सर्वोत्कृष्ट ?

गण्डकी प्रेस
असार १६, २०७९ १३:२५ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने
20
SHARES
Share on FacebookShare on Twitter


पोखरा । यहीं असार १८ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को सरगर्मी ह्वात्तै बढेको छ । अवार्ड कार्यक्रमका गतिविधिले खेलप्रेमीको ध्यान तानिरहेको छ । यसका अलावा ४ विधामा मनोनयन सूची सार्वजनिक भएपछि खेलाडी र प्रशिक्षकमा रौनकता थपेको छ । उनीहरुसँगै खेलप्रेमीको अवार्ड प्रति उतिकै चासो बढेको छ ।

अवार्ड अन्र्तगतको महत्वपूर्ण विधा वर्ष उत्कृष्ट पुरुष विधामा कडा प्रतिष्पर्धा रहेको छ । यो विधाको उत्कृष्ट तीनको मनोनयन सूचीमा टेनिसका प्रदिप खड्का, सितेरियो कराँतेका बुद्ध लामा, व्याडमिन्डनका विधान अधिकारी रहेका छन् । मनोनयन सूचीमा परेका तीन जना मध्येबाट सर्वोत्कृष्ट को हुन्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ । यो विधाको अवार्ड विजेताले टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटरको साथमा ट्रफी हातपार्ने आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए ।

प्रदीप खड्का ( टेनिस स)

टेनिसका नम्बर १ प्लेयर हुन्–प्रदीप खड्का । टेनिसमै १४ वर्षको करियर पूरा गरेका प्रदीपको खेल जीवन सुरुआत २०६५ सालदेखि भएको हो ।

१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा टिम इभेन्टतर्फ कास्य पदक जित्न सफल खड्का पाँचौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीको उत्कृष्ट ३ मा मनोनीत भएका थिए । यसपालि भने वर्ष खेलाडी पुरुष विधामा मनोनीत भएकोमा खुसी लागेको उनको प्रतिक्रिया छ ।

पोखरा ५, पस्र्याङ जन्मेका खड्काले पोखराकै वाराही माविबाट २०७२ सालको एसएलसी पूरा गरेका हुन् ।

उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ कास्य, मेन्स टिम इभेन्टसमा कास्य पदक जितेका थिए । त्यस्तै सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल नै हात पारेको रेकर्ड छ । लुम्बिनी ओपन नेश्नल लन टेनिस टुर्नामेन्टमा लगातार २ वटा संस्करणमा क्रमशः मेन्स सिंगल्स इभेन्ट र मेन्स डबल्स इभेन्सका विजेता हुन् । १५ औं एनएनआइपिए स्पोर्टस् अवार्डमा टेनिसमा बेस्ट प्लेयर घोषित भएका थिए ।

उनी सातौं सिटिजन्स् बैंक ओपन टेनिस टुर्नामेन्टसमा मेन्स सिंगल्सतर्फ रनरअप हुँदा १७ औं माछापुच्छे« बैंक ओपन एण्ड भेटेनान्स टेनिस टुर्नामेन्टसअन्तर्गत मेन्स डबल्समा सेकेण्ड रनर अप उनी १८ औं भने स्वर्ण जिते ।

यस्तै, वीर गणेशमान सिंह नेश्नल ओपन टेनिस टुर्नामेन्ट डबल्स्तर्पm विजेता उनी आठौं सिटिजन्स बैंक ओपन टेनिसमा मेन्स सिंगल एवं मिक्स डबल्सतर्फ विजेता हुन् । पहिलो सिओएएस राष्ट्रिय प्रतियोगितामा मेन्सतर्फ विजेता उनी डब्लसमा रनरअप घोषित भए ।

दोस्रो ललितपुर डिष्ट्रिक्ट नेश्नल ओपन लन टेनिस टुर्नामेन्टमा मेन्स सिंगल्समा सेकेण्ड रनर अप, १० औं सहवीर मेमोरियल ओपन लनटनिसमा मेन्स सिंग्लसमा सेकेण्ड रनर बने । उनले हालैमात्र माल्दभिस्मा यु–१८ नेश्नल प्लेयरलाई प्रशिक्षण समेत दिएका थिए ।

बुद्ध लामा ( सितेरियो कराँते )

२२ वर्षका बुद्ध लामा सितेरियो कराँतेका अब्बल खेलाडी हुन् । चितवन ६ कालिकामा जन्मिएका बुद्धको कर्म थलो गोर्खा हो । गोर्खामै हुर्किएका बुद्ध गण्डकी प्रदेशका खेलाडी हुन् । उनले प्रदेशको प्रतिनीधित्व गर्दै दर्जन बढि पदक प्राप्त गरिसकेका छन् भने कयौँ प्रतियोगितामा सहभागि समेत भएका छन् । उनले राष्ट्रिय स्तरमा गण्डकी प्रदेशको नाम उचो बनाउने काम गरिरहेका छन् ।

गोर्खा बराह बस्दै आएका उनी खेलमा मात्रै होइन् प्रशिक्षणमा समेत अब्बल नै छन् । गण्डकीलाई पदक दिलाउँदै गर्दा उनले प्रशिक्षक हुदैँ गर्दा समेत प्रदेशलाई पदक दिलाउन सफल रहे । तेस्रो गोलबजार उप–प्रमुख राष्ट्रिय कराँते प्रतियोगितामा गण्डकीले दोस्रो स्थान हासिल गरेको थियो । गण्डकीले उक्त प्रतियोगितामा ४ स्वर्ण, २ रजत र ३ कास्य पदक हासिल गर्दै दोस्रो हुन सफल भएको थियो

जन्म थलो चितवन भएपनि उनी हुर्केको पढको बढेको नै गोर्खामा हो । बुबाको प्रेरणाले उनी कराँते तर्फ आकर्षित भएका हुन् । उनको बुबा ज्ञाम्जो (ग्याम्जो) लामा यस अघि गण्डकीका प्रशिक्षकको रुपमा रहेका थिए । ‘आफ्नै बुबा नै प्रशिक्षक भएपछि बुबाले खेल्नुपर्छ भनेर खेलियो । पछि ए ! राम्रो हुदाँे रहेछ है भनेर लागियो । अहिले म गण्डकी प्रदेशको प्रतिनीधित्व गरिरहेको छु’ बुद्धले भने,‘राम्रो लागिरहेको छ । अब खेलाडीलाई यसरी सम्मान गर्नु भनेको हाम्रो लागि हौसला मिल्नु हो ।’

७ वर्षको उमेरबाट खेल्न सुरु गरेका उनी खेल्न थालेकै १५ वर्ष वेशी भइसक्यो । जब उनी प्रतियोगितामा सहभागि हुन थाले तब देखी नै पदक ल्याउन सुरु गरेका थिए । सानैदेखी अब्बल उनले सानातिना पदक कतिजिते भन्ने नै यकिन छैन् । उनले राष्ट्रिय स्तरको र प्रदेश स्तरको प्रतियोगितामा गण्डकीको प्रतिनीधित्व गर्दै दर्जन बढि पदक जित्न सफल भएका छन् । उनले प्रदेशको प्रतिनीधित्व गरिरहँदा पाँच वर्ष लगातार राष्ट्रपति कपको तौल समुहमा पदक हासिल गरे । प्रदेशबाट डेब्यु खेल खेलेको पनि राष्ट्रपति रनि® शिल्डबाटै हो । २०७१ देखी २०७५ सालसम्म राष्ट्रपति कपमा गण्डकीको प्रतिनीत्व गर्दै लगातार पदक हासिल गरेका छन् । उनले ३ स्वर्ण १ रजत र १ कास्य तथा सर्वोत्कृष्ट खेलाडी समेत भएका थिए ।

यस्तै गणेशमान सिंह राष्ट्रिय कराँते,राष्ट्रिय कराते च्याम्पियनसिप, गाउँपालिका कप राष्ट्रिय करातेँ प्रतियोगिता २०७६ (बडिगाड बाग्लुङ), छैटौं धनबहादुर मेमोरियल राष्ट्रिय कराते च्याम्पियनसिप २०७७, प्रथम गोकर्णेश्वर खुल्ला राष्ट्रिय कराँते च्याम्पियनसिप २०७५ लगायत राष्ट्रिय स्तरका प्रतियोगितामा स्वर्ण, रजत, कास्यका साथै सर्वोत्कृष्ट खेलाडी समेत भएका थिए ।

विधान अधिकारी (ब्याडमिन्टन्)

गण्डकी प्रदेशको ब्याडमिन्टनमा पछिल्लो समय निकै चम्किदैँ गएका खेलाडी हुन विधान अधिकारी । सानै उमेरबाट ब्याडमिन्टन खेलमा होम्मिएका उनले सहभागिता जनाएका हरेक खेलमा पदक प्राप्त गरिरहेका छन् । उनले विद्यलाय स्तर हुँदै राष्ट्रिय स्तरसम्मको खेलमा पदक ल्याएका छन् । उनेको खेल कौशलकै कारण उनलाई एक कम्पनीले पोखरामा स्पोन्सर समेत गरेको छ । जुन अहिलेसम्म पोखरामा कुनैपनि ब्याडमिन्टन खेलाडीले पाएका छैनन् । २० वर्षिय विधान पोखरा स्पोट्र्स अवार्ड वर्ष उत्कृष्ट पुरुष खेलाडी मनोनयन भएकोमा खुसी व्यक्त गरेका छन् । उनले १३ वर्षको उमेरमा नै जिल्ला स्तरीय प्रतियोगिता जितेका थिए ।

पोखरा १६ बाटुलेचौरका विधानले २०७८ सालमा ११ औं पुष्पलाल रेन्किङ ब्याडमिन्टन प्रतियोगता एक्सेप्ट टप १६ मा स्वर्ण र खुल्ला डबल्समा कास्य पदक ल्याएका थिए । बाह्रविसे कप टप २० डबलमा स्वर्ण, हरिसिद्धि ब्याडमिन्टन प्रतियोगिता एक्सेप्ट टप २० डबल्समा स्वर्ण, टोखा मेयर कप एक्सेप्ट टप २० डबल्समा रजत, भक्तपुर खुल्ला ब्याडमिन्टन डबल्समा रजत, जिस्ट एक्सेप्ट टप २० खुल्ला ब्याडमिन्टन प्रतियोगिता डबल्समा स्वर्ण पदक हासिल गरेका छन् ।

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले आयोजना गर्ने अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुषसहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने महासचिव पौडेलले प्रष्टाए ।

अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आभ्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, परिचय एड्भर्टाइजिङ, चिल्लिबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफ पोखरा, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, शितलज्योती युवा क्लब, लाइफकेयर डाईग्नोस्टिक्स एण्ड रिर्सच सेन्टर, सुनगाभा न्युज, स्टेशन गैह्रापाटन, सिटीजन फर्निचर, जिल्ला खेलकुद विकास समिति कास्की लगायतले सहयोग गरेका छन् ।

अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा गायक विनोद वानिया, हाँस्यकलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिव्वाइजको बिबोइङ नृत्य, मन क्षेत्रीको गजल वाचन तथा दीपक गोदारको संयोजकत्वमा डेमोस्ट्रेशन रहनेछ । दिउँसो ३ बजे सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद