२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्थानीय निर्वाचन एमालेका लागि महाभारतको लडाईंः उपमहासचिव गुरुङ

गण्डकी प्रेस
बैशाख २२, २०७९ ०६:५५ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
स्थानीय निर्वाचन एमालेका लागि महाभारतको लडाईंः उपमहासचिव गुरुङ
27
SHARES
Share on FacebookShare on Twitter

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताएका छन् ।

पोखरामा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महाभारतमा सत्य र न्यायको लागि लडाईं भएजस्तै यसपटकको निर्वाचन एमालेका लागि सत्य र न्यायको लागि भएको बताएका हुन् । ‘महाभारत युद्धमा कौरव र पाण्डवबीचको लडाईं जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा छ ।’ उनले भने, ‘महाभारतको लडाईं पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्छ ।’

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले एमालेका तर्फबाट अगाडि सारिएका उमेद्वारको अन्य पार्टीका उमेद्वारसँग तुलना हुन नसक्ने भन्दै योग्यता, क्षमता, अनुभवलगायत क्षेत्रमा योगदान र सक्रियताको हिसाबले पार्टीले सबै हिसाबले क्षमतावान् उमेद्वारलाई अगाडि सारेकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।

नेपाली नागरिक र सिंगो देशको रक्षा गर्ने पार्टी एमाले भएको बताए । ‘समृद्ध नेपाल र सुखी नेपालीको सपना हामीले देखेका छौं, त्यो सपनालाई आफ्नो गन्तव्य ठानेर अगाडि बढेको एमालेको जित सारा नेपालीको जित हो ।’ उनले भने, ‘राष्ट्रिय स्वाधीनताको झण्डा उठाएर गुमेको भुभाग कालापानी, लिपुलेक, लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गरेर यो भाग हाम्रो हो । मिचिएकै हो भन्न सक्ने नेता केपी ओली मात्रै हो ।’

उपमहासचिव गुरुङले अहिले माओवादी हिंडिरहेको बाटो गलत भएको जिकिर गरे । कांग्रेस पुँजीवादीको पार्टी भएको बताउँदै उनले माओवादीले चुनावमा आफ्नो एजेण्डा नलिएर पुँजीवादी पार्टीको एजेण्डा बोकेर हिँड्ने पार्टी कस्तो कम्युनिस्ट भनेर प्रश्न गरे ।

‘माओवादीको पहिचान छैन अहिले, त्यो गुम्यो । अहिलेको चुनावमा माओवादीको आफ्नो घोषणपत्र छैन, काँग्रेसको प्रचार गर्दै हिड्ने माओवादी त्यो कस्तो कम्युनिस्ट हुन्छ ?’ उनले भने, ‘पुँजीवादी पार्टीको घोेषणपत्र बोकेर हिड्ने पार्टी, पुँजीवादी पार्टीको झण्डा बोकेर हिड्ने पार्टी अब कम्युनिस्ट रहेन ।’

कार्यक्रममा मेयरका उमेद्वार कृष्ण थापाले पोखरा ९ को विकासका लागि व्यवस्थित बसोबास, अत्याधुनिक बसपार्क र सडक निर्माण तथा स्तरोन्नती लगायतका समस्या समाधान गर्ने बताए । उपमेयर पदका उमेद्वार मञ्जुदेवी गुरुङले स्थानीय जनताको आवश्यकताको आधारमा विकास, निर्माणका काम गरिने उल्लेख गरेकी छिन् ।

त्यस्तै वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर गुरुङले वडा न. ९ मा गएको चुनवामा पराजित भए पनि एमालेले वडामा धेरै पुर्वाधार विकासका काम गरेको बताए । उनले पोखरा महानगर र सांसद कोषबाट १ करोडको बजेटमा सुकुम्वासी बस्तीमा सडक बनाउन सफल भएको बताएका छन् । उनले भने, ‘एक पटक एमालेलाई भोट हालेर हामीलाई विजयी बनाउनुहोस्, हामी सुखी वडा, समृद्धि पोखरा बनाउन चाहन्छौं ।’ उनले सुकुम्वासी बस्तीमा लालपुर्जा वितरण गर्ने र व्यवस्थित बसपार्क बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
निर्वाचन परिचालन कमिटी वडा नं ९ का संयोजक प्रकाश शर्माले सुकुम्वासी बस्तीका नागरिकलाई लालपुर्जा वितरण गर्न नेकपा एमालेले पहल गर्ने बताए । उनले वडा नं ९ को विकासका लागि सूर्य चिन्हमा मतदान गरी एमालेका सबै उमेद्वारलाई अत्याधिक मतले विजयी गराउन मतदातासँग आग्रह गरेका छन् ।

यसैबीच एमाले ९ ले चुनावी अभियान तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । मगंलबार एमालेको तर्फबाट मेयर, उपमेयर सहित वडा न. ९ का सम्पुर्ण उम्मेदवार र पार्टी नेता, कार्यकर्ताले सयुक्त घरदैले कार्यक्रम गरेका छन् ।

घरदैलो कार्यक्रम अन्तरगत आज नयाँ बजार, महेन्द्रपुल, न्युरोड, पृथ्वीचोक, शान्तीवन, बसपार्क लगायतका क्षेत्रमा घरदैलो सम्पन्न गरिएको सचिव जगन्नाथ खनालले जानकारी दिएका छन् । चुनावी प्रचार तथा घरदैलो कार्यक्रमलाई भोलि पनि निरन्तरता दिइने निर्वाचन कमिटीले जनाएको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद