पाेखरा । गठबन्धन सह्य नभएको भन्दै कास्कीका कांग्रेस कार्यकर्ताले जिल्ला कार्यसमितिलाई थुनिदिएका छन । पोखराको लेकसाइडमा गठबन्धनको बैठक बसिरहेको जिल्ला सभापती लगायतलाई पार्टी कार्यालय चिप्लेढुङ्गामा ल्याइ थुनिदिएका हुन ।
पोखरामा गठबन्धन स्विकार्य नभएको भन्दै पोखरा महानगरपालिका वडा १८ को संयोजकत्वमा ताल्चा लगाएका हुन । कार्यकर्ता टीका चापागाईंले गठबन्धनको विरोध गर्दै ताल्चा लगाएको बताए । यस्तै तरुण दल वडा १८ का सभापती सागरजंग तिमिल्सिनाले गठबन्धन स्विकार्य नभएको र माग पूरा नभएसम्म थुन्ने बताए । जिल्लाका सभापती देखि सदस्यसम्मलाई थुनिदिएका हुन ।






























प्रतिक्रिया लेख्नुहोस्:-