पोखरा । नेकपा एमालेले एमालेले पोखरा महानगरमा दीपक सुवेदीलाई अघि सारेको छ। जहाँ सत्ता गठबन्धनले धनराज आचार्यलाई उम्मेदवार बनाउँदै छ। आचार्य माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका हुन्।
कसको अवस्था कस्तो ?
२०७४ सालको चुनावी परिणाम अनुसार एमाले पोखरा महानगरमा बलियो नै देखिन्छ। त्यसबेला एमालेका मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याएर महानगर प्रमुखमा जितेका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए। मेयर र उपमेयर दुवैमा जितेको एमाले अहिले पनि आफू बलियो अवस्थामा रहेको दाबी गरिरहेको छ।
पार्टी विभाजनको गण्डकीमा कम असर भएको मूल्याङ्कन गरेको एमालेले एकीकृत समाजवादीको भागमा परेको स्थानीय तहमा एमालेलाई जित्न सजिलो हुने आकलन गरिरहेको छ। गठबन्धनमा कांग्रेसका मतदाताले कम्युनिस्टलाई भोट नहाल्न सक्ने भन्दै एमाले एकीकृत समाजवादीले भाग पाएको ठाउँमा उत्साहित देखिन्छ। पोखरामा नेपाली कांग्रेसको जिल्ला कमिटीले एकीकृत समाजवादीलाई स्थानीय तहको प्रमुखमा नदिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुझाएको थियो।
तर, एकीकृत समाजवादीले पोखरा नपाए गठबन्धन नै छाड्ने चेतावनी दिएपछि भने देउवा राजी भएका थिए। एकीकृत समाजवादीले एमालेले जितेका स्थानीय तहमा पहिलो हक आफ्नो पार्टीको हुने भन्दै दाबी गर्दै आएको छ। २०७४ सत अन्तर हेर्दा गठबन्धनका पाँच दलले नै एक भएर एकीकृत समाजवादीका आचार्यलाई मत दिएको अवस्थामा भने एमालेका पौडेललाई पनि चुनाव जित्न सजिलो हुने भने देखिन्न।






























प्रतिक्रिया लेख्नुहोस्:-