पोखरा । पोखरा महानगरपालिका ६ खहरेस्थित रेम्बो रेष्टुरेन्टबाट करिब ४ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित निराज डंगोललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं घर भएका ३५ डंगोललाई सोमबार म्याद थप गरेर अनुसंन्धान अघि बढाउने प्रहरीले जानकारी दिएको छ। उक्त रेष्टुरेन्टमा शंकास्पद रूपमा बस्दै आएका डंगोललाई प्रहरीले आवश्यक सोधपुछ एवम् जाँच गर्दा उनको साथबाट उक्त परिमाणको गाँजा फेला परी पक्राउ गरेको हो ।






























प्रतिक्रिया लेख्नुहोस्:-