पोखरा । पोखरा महानगरपालिकाको मेयरमा कांग्रेसको तर्फबाट १८ जनाले आकांक्षा देखाएका छन् । यस्तै उपमेयरमा १० जनाले आकांक्षा देखाएका छन् ।
मेयर तथा उपमेयर पदका लागि उम्मेदवारका आकांक्षीलाई आइतबार ४ बजेसम्म आवेदन दिन भनिएको थियो । सो अनुसार महानगर प्रमुखको उम्मेदवारका लागि आवेदन दिनेमा सुदिपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मल प्रसाद कर्मचार्य, कृष्ण बहादुर के।सी, बाबुराम आचार्य, सरास्वती गुरुङ, नन्द प्रसाद तिवारी, गंगाधर पराजुली, विरेन्द्र नारायण विजुक्छे, विश्व शंकर पालिखे, किशोर दत्त बराल, बिन्दु कुमार थापा, बाबुराम गिरी, गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण के।सी।, विश्व घिमिरे र ऋषि सापकोटा छन् ।
यस्तै उप प्रमुखमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दिपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी, गोविन्द नेपाली रहेका छन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






























प्रतिक्रिया लेख्नुहोस्:-