पोखरा । काठमाडौं वल्ड स्कुल विद्यार्थी खोज्दै नेपालको विभिन्न सहरमा हिडेको । विद्यालयको भावि योजना, गुणस्तरीय शिक्षा र विद्यालयले शैक्षिक अवस्थाको बारेमा जानकारी दिँदै शनिबार पोखरा चितव, भैरहवा, बुटवल लगयातका ठाउँमा विभिन्न कार्याक्रम गर्दै आएको छ ।
राम्रो शिक्षाका लागि दैनिक लाखैं विद्यार्थी विदेश पलायन भइरहेको भैरहको भन्दौ अन्तराष्ट्रिय विद्यार्थीको गन्तव्य बनाएको दाबी गर्दै विद्यालय व्यवस्थापन टिम देश दौडाहमा हिँडेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डाक्टर मिथलेस कुमार बताउछन् ।
५५ रोपनी क्षेत्रफलमा फैलिएको ३ सय करोडको भौतिक संरचनामा रहेको काठमाडौं वल्ड स्कुलले भक्तपुरबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको स्कुलले भक्तपुर सूर्य विनायक ७ गुन्डुमा अन्तर्राष्ट्रिय स्तरको भौतिक सुविधासहित युग सुहाउँदो शिक्षामा फड्को मारेको झाले जानकारी दिए ।

काठमाडौं वल्ड स्कुल प्रिन्सिपल केशर खुलालले प्रयोगात्म पदाई, प्रश्न र तर्क उत्साहान गर्ने, व्यवाहारीक ज्ञानको शिक्षामा बढि विद्यालयले जोड दिएको बताए । २०७५ सालमा स्थापना भएको काठमाडौं वल्ड स्कुलमा कक्षा १ देखी १२ सम्म ७ सय विद्यार्थी अध्यान गर्दै आएका छन् ।
काठमाडौं वल्ड स्कुलको परिकल्पनाकार डा. खगेन्द्रप्रसाद ओझा हुन् । उनी एकजना प्रसिद्ध शिक्षासेवी पनि हुन् । त्यस्तै, शैक्षिक क्षेत्रमा क्रियाशील इ।मिथिलेश झाको संलग्नता छ । उनीहरुले अघि बढाएको यस सोचलाई सार्थक बनाउन चौधरी ग्रुपले साथ दिएको छ । सिजी होल्डिङ्सको ठूलो लगानी रहेको यो परियोजना करिव साढे दुई अर्ब लगानीको हो ।
प्रिन्सिपल केशरबहादुर खुलालका अनुसार वल्ड क्लास र नेशनल क्लासमा दुई वटा भिन्नता हुन्छ । एउटा हो करिकुलम अर्थात के पढाइ हुन्छ ? र अर्को हो कसरी पढाइन्छ । नेपालको राष्ट्रिय या स्थानीय तौरतरिका भनेको सरकारले तयार गरेको जुन पाठ्यपुस्तक हुन्छ, त्यसैलाई अक्षरस पढाउने, त्यो कण्ठ गर्ने विद्यार्थी राम्रो भयो भन्ने खालको छ । यद्यपि पछिल्लो समयमा यस्तो परम्परागत शैलीमा सुधार हुनुपर्छ भन्ने आवाज उठेको छ र केही सुधार पनि भएको छ ।
वल्ड क्लास भन्नेले विश्वका वैज्ञानिक, शिक्षाविद्, अनुसन्धानकर्ताहरुले गरेको अध्ययन अनुसन्धान र अनुभवहरुका आधारमा बच्चाको मानसिक विकास कसरी हुनसक्छ ? कसरी उनीहरुले सहजरुपमा धेरै ज्ञान हासिल गर्नसक्छन् ? भन्ने कुराको निष्कर्ष तथा नीतिका आधारमा तयार पारिएको पाठ्यक्रम र सोही अनुसारको अध्यापन शैलीमा पढाउने तौरतरिका हो । यसमा विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभालाई प्रष्फुटन गर्न शिक्षकले सघाउँछन् । विद्यार्थीहरुलाई आवश्यक न्यूनतम् सेवा सुविधा र बाताबरण उपलब्ध गराउने कुरा पनि यससँग जोडिएको हुन्छ ।
कस्तो शिक्षालाई गुणस्तरीय शिक्षा भन्ने सम्वन्धमा नेपालमा अन्योलता रहँदै आएको छ । निजी क्षेत्रका हरेक विद्यालयले आफूले गुणस्तरीय शिक्षा दिने दाबी गर्छन् । तर, जनस्तरबाट भने त्यसमाथि प्रश्न उठ्ने गरेको देखिन्छ ।

गुणस्तरीय शिक्षाका लागि त्यो शैक्षिक संस्थाको भौतिक पूर्वाधार कस्तो छ ? कसरी संरचनाहरु तयार गरिएको छ ? के कति क्षेत्रफलमा ती संरचनाहरु तयार भएका छ ? पुस्तकालय, खेलकुद मैदान, चमेनागृह, प्रयोगशाला जस्ता कुराहरु छन कि छैनन् ? छन् भने कसरी निर्माण गरिएका भन्ने कुराले अर्थ राख्छ भने अर्कोतर्फ सेवा दिनका लागि दक्ष जनशक्ति । भौतिक पूर्वाधार भएर मात्रै सर्भिस डेलिभरी गर्न सकिएन भने त्यसको अर्थ नहुने छ ।
विद्यानका विभिन्न विधाका लागि छुट्टाछुट्टै प्रयोगशालाहरुको व्यवस्था गरिएको छ । प्रयोगशालामा आवश्यक उपकरणहरु रहेका छन् । साना बच्चहरुका लागि छुट्टै र ठूलो बच्चाहरुको लागि छुट्टै आईसीटी (कम्यरटर) ल्याब रहेको छ । २४ सै घण्टा विद्यार्थीहरुलाई इन्टरनेट सुविधा छ जसबाट विद्यार्थीहरुले इ–लर्निङ आर्फ गर्न सक्छन् ।
स्कुल रहेको क्षेत्र रिसर्चका लागि पनि निकै उपयोगी छ । यहाँ पानीका मुहानदेखि जंगल रहेकाले विज्ञानसम्वन्धी विभिन्न रिसर्चका लागि बाहिर जानुपर्दैन् ।
काठमाडौं वल्ड स्कुल शहरको कोलाहल र भीडबाट केही टाढा रहेको छ । र, धेरै टाढा पनि छैन् । स्कुलमा प्रवेश गर्दा सुन्दर शान्त र हरियालीले धेरैलाई मोहित बनाउँछ । शान्त बाताबरणमा अध्ययन गर्दा फरक अनुभव गर्नसक्ने अवस्था छ ।
काठमाडौं वल्ड स्कुलको एउटा महत्वपूर्ण विशेषता भनेको यहाँको सुविधासम्पन्न आवास पनि हो । विशेषगरी काठमाडौं बाहिर र विदेशका विद्यार्थीहरु होस्टलमा बसेर अध्ययन गर्नसक्छन् । स्टार–लेवलको यहाँको होटलमा पढ्ने, लेख्ने। सुत्ने सुविधा, स्कुल आफैले राखेका कुकहरुमार्फत क्यान्टिनमा पौष्टिक खाने कुराहरुको व्यवस्था स्कुलमा गरिएको छ ।
अरु मुलुकहरुले विदेशी विद्यार्थीहरुलाई आकर्षित गरेर आफ्नो मुलुकलाई शिक्षक गन्तव्यको रुपमा विकास गरिरहेको बेला नेपालले पनि अब त्यसतर्फ कदम अघि बढाउनुपर्छ भन्ने मान्यताका साथ काठमाडौं वल्ड स्कुलले विदेशी विद्यार्थी भित्राउन पहल गरिरहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-